सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:४१
वासिङटन डिसी 18:56

अमेरिकामा नायिका ऋचा घिमिरे रेडियो कार्यक्रम मार्फत चर्चा परिचर्चामा  

विजय थापा २०७६ फागुन १० गते २३:०२ मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएकी नायिका ऋचा घिमिरे रेडियो कार्यक्रम मार्फत महिलाका संघर्ष र सफलता कथा प्रस्तुत गर्न थालेकी छिन् । उनीहरुका कुराहरु श्रोता वर्गलाई पस्किन थालेकी छिन् ।

वेलडन क्रिएसन द्वारा प्रस्तुत गरिएको इनकमर विथ रिचा घिमिरे मार्फत शृंखलाबद्ध रुपमा प्रस्तुत गर्दै कार्यक्रमको लोकप्रियता बढ्दै गएकोमा स्वयम् रिचा हर्षित भएकी छिन् । उनि भन्छिन ,लामो समय पछि बिदेशी भूमिमा रेडियो कार्यक्रम संचालन गर्दा नेपालको अतितका दिन स्मरण भएको ईनेप्लिजलाई बताइन ।

र आफू निकै उत्साहित र उत्प्रेरित भएकोले परदेशमा पनि कलाकार भएको नाताले आफ्नै क्षेत्रमा होमिन पाएकोमा सन्तुष्ट रहेको बताइन । र सबैले सुनि प्रतिक्रिया दिनु हुन् समेत आग्रह गरेकी छिन्।

उनले ‘पडकास्ट’ नामक रेडियो कार्यक्रम मार्फत नेपाली मूलका बिश्व भर जताततै छरिएर रहेका नेपाली तथा बिदेशी महिलालाई समेत उक्त कार्यक्रममा ल्याई सकेकी छिन् ।

उनले उक्त कार्यक्रम अंग्रेजी भाषामा प्रस्तुत गर्दछिन भने उक्त कार्यक्रमको नामकरण ‘इनकमर विथ ऋचा’ गरिएको छ ।

उनको मुख्य उद्धेश्य सफलता हासिल गरि सकेका सफल महिलाहरुबाट उत्प्रेरणा हुन् सकोस भन्ने रहेको उक्त कार्यक्रम करिव आधा घण्टा जतिको रहेको छ । चलचित्र उधोगमा होमिनु अगाडी नायिका रिचा कार्यक्रम प्रस्तोता समेत रहेकोले उनलाई उक्त कार्यक्रम संचालन गर्न सहज भएको उनले ईनेप्लिजलाई बताइन ।

यसरी चलचित्रकर्मी भै बिदेशी भूमिमा नायिकाले कार्यक्रम संचालन गर्दै अग्रेको पहिलो हुन् पुगेको छ । रिचा अमेरिकामा हुने बिशेष गरि डिसी महानगर क्षेत्रमा हुने कार्यक्रममा बेलाबेलामा स्तोताको रुपमा देखा परि रहेकी हुन्छिन ।

उनले महिलालाई कार्यक्रममा तान्न घर मै बसेर कार्यक्रम संचालन गरि रहेकी छिन् । उक्त कार्यक्रममा प्रत्यक्ष रुपमा जो संग कुरा गरिन्छ उनीहरुका स्वर मात्र सुन्न सकिन्छ भने उनीहरु प्रत्यक्ष रुपमा देख्न सकिदैन । उनले उक्त रेडियो कार्यक्रम अमेरिकामा रहेका चर्चित महिलाहरुबाट सुरु गरेकी छिन ।

यस कार्यक्रमलाई बिशेष गरि युवा ,बिद्यालय,महाबिद्यालय तथा बिश्वबिद्यालयमा अध्ययनरत विद्यार्थी ज्यादा रहेका छन् । उनको यो रेडियो कार्यक्रम पोडकास्ट अनुप्रयोग (एप्स )मा खो गरेर श्रवण गरि सुन्न सकिन्छ ।

उनले हाल सम्म आधा दर्जन भन्दा ज्यादा शृंखलामा उनले महिला सामाजिक अभियन्ता बिष्णुमाया परियार थापा ,अधिवक्ता बन्दिता शर्मा दाहाल ,नायिका झर्ना बज्रचार्य लगायतलाई जोड्न सफल भएकी छिन् ।

रिचाका पति चलचित्र उद्योगका युवा निर्देशक शंकर घिमिरेले यो रेडियो कार्यक्रममा श्रवण(सुन्ने) मात्र भएकोले यसलाई युटयुबमा ल्याई श्रब्य दृश्यमा (भिडियो)मा पनि ल्याउने तयारीमा लागेको ईनेप्लिजलाई बताए ।

http://welldonecreations.com/podcast/from-me-to-you/?

http://welldonecreations.com/feed/podcast?

https://podcasts.apple.com/us/podcast/incomer/id

प्रतिक्रिया