स्वस्थानीको किताब च्यात्नु नै पर्ने हो त ??

बिरकाजी बस्नेत २०७६ फागुन ९ गते ०:३१ मा प्रकाशित

स्वस्थानी ब्रत कथाको किताब च्यात्नु पर्ने आवाज नेपालको संसद्मा उठे पछी यो चर्चाको बिषय हुन पुगेको छ । ब्रत कथा भन्नाले अली अली कल्पना र अली अली यथार्त त हुने नै भयो । यो रचना गरिएको समय र परिबेस लाई आजको समाजमा जस्ताको त्यस्तै विश्लेषण गरिनु यस् प्रती न्याय नहुन सक्छ । यो पुस्तक सर्बप्रथम संस्कृत अनी नेवारी र नेपालीमा लेखिएको मानिन्छ । यो पुस्तक अहिले सम्म उपलब्ध भएकोमा नेसं ६९३ तिर लेखिएको र ४४१ बर्ष पुरानो र ब्रत सम्बन्धी पूजाबिधी २ दिन र १ रातको मात्रै बर्णन गरिएको र नेसं ७२३ को पुस्तकमा भने १ महिनाको ब्रत पूजाको बर्णन गरिएको कुरा स्वस्थानी ब्रतकथामा पि एच डि गरेकी अमेरिकि महिला सहप्राध्यापक जेसिका वान्थाइन बिर्न्केन्होल्ज बताउछिन । उनी युनिभर्सिटी अफ इलिनोयसमा अध्यापन गर्छिन । नेपालमा २ महात्म्य प्रचलनमा छन एक कार्तिक महात्म्य हो र अर्को माघ महात्म्य हो । यो ब्रत माघमहात्म्य अन्तर्गत पर्दछ ।

यो पुस्तकको समिक्षा केबल केही निस्चित कथाका घटना टिपेर गर्नु भन्दा समग्र पुस्तकको आध्योपान्त समालोचना गर्नु बुद्धिमानी हुन्छ । स्वस्थानी देवी भन्नाले आ आफ्नो स्थानमा रहेका देवी बुझिन्छ । स्वस्थानी देवीको मन्दिर काठमाडौंको मखन टोलमा रहेको र अहिले यसको मन्दिर सांखुमा पनि बनेको छ । यसमा बर्णन गरिएका शाली नदी स्लेस्मान्तक बन जस्ता स्थान त अस्त्तित्वमा अहिले पनि छदैछन । नेपालको टोखा चण्डिस्वारीमा दक्ष्यको यज्ञकुण्ड र पशुमुण्ड दक्षको मुर्ती पनि अझै रहेको छ । शतीको पहिलो पिठ चरण सक्तिपिठ देबिकुट थानकोट्मा रहेको छ । गुह्य पतन भएको गुह्येस्वरी ,र स्तन पतन भएको शक्तिपिठ भक्तपुरमा छ जसलाई दुरुप्पद्य पनि भनिन्छ । गोमाको माइती फर्पिङ्को ब्रम्हपुरमा रहेको छ । सांगा जरन्ताल बनेपाका शिवसर्मा सँग गोमाको विवाह भएको हो । शिवसर्मा मरेको ठांउ बनेपाको सुन्थानमा बिचारी पाटिको अगाडि अझै पनि रहेको छ । गोमाले पुत्र पाएको ठाउँलाई गोमाडोल भन्ने गरिएको र चन्द्रावतिको माइती बनेपाको बुडौलमा रहेको छ । नबराजको न्वारानको नाम वन्हिराज रहेको र र राजा भएपछी दत्तात्रयलाई राजधानी बनाएको कुरा तलेजु भक्तपुरको दतात्रयमा अझै छ । कुस्ठरोग ग्रस्त चन्द्रावतिको उद्धार भएको ठाउँ सालीनदिको सांखुमा आज पर्यन्त मेला लाग्ने गरेको छ ।

यस् भित्र पनि मसिनो सँग केलाउदा दर्शन ,बिज्ञान ,राज्य प्रणाली ,साहित्य ,स्वास्थ्य ,प्रेम सम्बन्ध ,दैनिक जिबन प्रणाली ,बास्तुकला र युद्धकला ,मात्री शक्तीको महत्वको बर्णन पाउन सकिन्छ । यसले सृस्‍टिको उत्पती लाई ब्रम्हाको अण्ड बाट ब्रम्हाण्ड बनेको बताउंछ जुन बिज्ञानले परिकल्पना गरेको बिग ब्याण्ग थेउरी सँग नजिक छ जसले सुर्यको महाबिस्फोट बाट भएको मान्दछ । यस्मा तीनलोक ,सात समुद्र ,बिभिन्न द्विपको उल्लेख छ र समय क्रममा त्यस्ता छेत्रको अधिपती पनि तोकिएको छ । त्यस्तै जिबको बिकासक्रम कस्यप ऋषिका बिभिन्न पत्निहरुबाट भिन्न भिन्न प्रजातिका प्राणी जन्मिएर भएको मान्दछ जुन डार्बिनको एक प्रजातिको चराबाट भिन्न भिन्न प्रजातिका चरा उत्पती हुने र सुरुमा एक कोशीय बाट क्रमश बहुकोसिय जिबको बिकासक्रम हुने मान्यताको नजिक छ । बिभिन्न दिशाको अधिपती बनाइ फरक फरक ब्यक्तिलाई तोकिएको प्राब्धान हेर्दा राज्य व्यवस्थाको सुरुवातको आभास पाउन सकिन्छ । महादेवले सतिदेवीलाई गरेको प्रेम ,पार्वतीले शिव पति पाउन गरेको संकल्प र यसका लागि परिवारमा गरेको बिद्रोह ,छोरा बुहारीले छोडेर हिंडे पछी दु:खजिलो गरेर चलेको गोमाको दिनचर्या ,ब्रम्हाको बरदान पाइ मय दानबले निर्माण गरेका कलात्मक त्रिपुर ,सतिको अण्गपतन भएको स्थानमा गएर तपस्या गर्नेहरुको इस्वरी प्रसन्न भएर बरदान दिएर पुरा गरिदिएको महत्वकांक्ष्या जस्मा मात्री सक्ती देखाइएको छ ,त्यस्तै दैनिक स्नान ,ब्रत ,भोजन अनुशासन ,हातगोडाको नङ काटी गरिने सफाइ र कथा श्रवण जस्ता कुरा हरु मनिसका शारिरिक र मानसिक स्वास्थ्य चुस्त राख्ने शिक्षा हरु छन ।

यसमा उल्लेख भएको गोमा ब्राम्हणिको कथा नेपाली परिबेशको मौलिक कथा यसलाई कतै बाट शाभार गरेको पाइएको छैन । तर यसका बिबिध कथा सृंखलहरु मध्ये सृस्‍टि र देव उत्पतिको कथा लिङग पुराणबाट ,महादेव सतिदेवीको कथा ,शिव पार्वती र गणेश उत्पतिको कथा र जालन्धर र ब्रिन्दाको कथा हरु स्कन्धपुराण र शिव पुराणबाट लियिएको पाईन्छ । हरेक अध्यायको अन्त्यमा इती सिरी स्कन्ध पुराणे केदारखण्डे माघमहात्म्ये भनी उल्लेख छ । गोमा -नबराज खण्ड र यसको पूजा र ब्रत बिधी भने बिसुद्ध मौलिक हो ।

यस् कथा माथी हुने गरेको हमला र प्रतिरोध

यो ब्रतकथा जब भक्तजनले आस्था र बिश्वासका साथ सुरु गर्दछन तब तब केही शिक्षित र अधिकारकर्मी महिलाहरु बाट यो ब्रतको कटु आलोचना हुने गरेको छ । यसमा एक तर्क छ महिलाले आफ्ना पुरुषको सुस्वास्थ्य र दिर्घायुको लागि जाडोमा स्नान र उपबास गरी ब्रत बसी दिनुपर्ने भन्ने छ । यो नाममा ब्रत बसिने गरेको भए पनि यस्ता कार्यले पुरुषको नभै स्वयम ब्रतालु महिलाको सुस्वास्थ्य र दिर्घायु हुने हो । दोस्रो आलोचना महादेबले बिष्णु मार्फत छल गरी सतिदेवी लाई विवाह गरेर लगेपछी आफु गांजा भांग धतुरो खाइ सुतेर बेवस्ता गरी सतिदेवीलाई अलपत्र भोकै छोडेको भन्ने छ । तर उनी बिउझे पछी आफ्नो असली रुप देखाएर भब्य कैलाश दरबारमा भित्र्याएको अनी उनी हरु एक अर्कालाई यती प्रेम गर्द्थेकी सतिले आफ्ना पतिको आलोचना सुन्न नसकेर देह नै त्याग गरिन भने महादेव मरीसकेको सतिको लास बोकी बोकी संपूर्ण अंग पतन् नहुन्जेल बोकी बोकी हिंडे । यस् माथि गरिने अर्को आलोचना भनेको जालन्धर पत्नी ब्रीन्दाको सतित्व बिष्णुले छल गरी हरण गरेकोमा छ । तर यो घटनाको कारक उनी आँफैपनी निर्दोस छैन । उनको श्रीमान जालन्धर आफ्नी पत्नी राम्री भएकोमा मक्ख थियो र एकदिन पत्नी अगाडि उनको सुन्दरता तारिफ गर्दै हास्यो । तर उनले आफु राम्री भएको तर आफु भन्दा पार्वती धेरै राम्री भएको जानकारी दिदै उसलाई अर्काकी श्रीमती छल गर्न सहमती दिइन । जसको परिणाम स्वरुप युद्धको स्थिती आयो र उनी आँफै त्यसको शिकार हुनु पर्‍यो । तर पनि उनी माथी बिष्णुले गरेको गलत कार्यको परिणाम स्वरुप उनको श्राप भोग्नु पर्‍यो । गलत गर्ने जो सुकै पनि परिणाम भोग्नु पर्दछ भन्ने शिक्षा दिएको छ । यस् पुस्तक माथी प्रहार गरिने अर्को गोमा ब्राह्मणी भोगाइ छ । उनले पहिले भिक्ष्युक लाई पर्खाएर राखिन र पछी भिक्ष्युकको माग अनुसार केलाई राखेको अक्ष्यता दिएको भए हुन्थ्यो । तर यसो भन्दैमा नाबालिका यस्तो श्रापको  भागीदार नहुनु पर्ने थियो । अर्को कुरा सत्तरी बर्षको बुढालाई छोरी नदिने अडान लिएको भए पनि हुन्थ्यो । यस् बाट के शिक्षा लिनु पर्ने हुन्छ भने केटा र केटी बिच धेरै उमेरको फरकमा विवाह गरिदियो भने एक पक्ष छिट्टै मृत्‍यु हुन सक्ने र अर्कोले दु:ख सास्तीका साथ जिबन गुजार्नु पर्ने हुन्छ । अहिले पनि केटा केटी बिच १० ,१५ वा २० बर्षको फरकमा विवाह हुने गरेकै छ । यसलाई वास्तविक आलोचना गर्ने हो भने पनि गोमाको जन्म कसरी गाइको गोबर बाट संभव भयो ? भनी प्रस्न उठाउदा के भन्ने होला ? यस्तै चन्द्रावतीले आफ्नी सासुलाई एक्लै छाडेर माइत गएको कुरा पनि सगै उठाउनु नपर्ने त ? जिबनको पछील्लो कालखण्डमा गोमाले मुमा बडामहारानीको राजस्री पद ,प्रतिस्ठा प्राप्त गरेको कुरालाई पनि याद गर्नु पर्‍यो नि त । त्यस्तै यसले पाउने आलोचना भनेको अन्तिम दिनको प्रशाद ८ रोटी केबल पुरुषले मात्र हक राख्ने वा श्रीमान वा छोरा वा मित छोरा तिर जाने छोरीले किन हक नराख्ने भन्ने छ । यहाँ के कुरा बुझ्नु जरुरी छ भने जम्मा रोटीको संख्या १०८ हो र आठ मात्र पुरुषलाई दिने १०० रोटी ब्रतालु साधकलेनै उपभोग गर्ने हो । त्यो सय रोटीको अरु ८ वटा बहिनी छोरी वा नातिनिलाई दिने गर्दा पनि हुन्छ । अर्को पनि आलोचना श्रीमानलाई लुकाइ एक्लै खाए कुकुर्नी हुन्छे आदी । प्राय महिला भान्सामा काम गर्ने हुनाले : पकाएको पिठो ,मिठो सबैले बांडेर खानु पर्छ भनेर बुझ्दा कसो होला । गणेशले आफ्नो सारीरिक अवस्थाका कारण आफ्ना बाबु आमालाई प्रतिकात्मक सुमेरु मानेको र असल छोरा छोरीले आफ्ना अभिभावक प्रतिको सम्मान र कर्तब्य सम्झाएको पनि त हो ।

उप संहार

हामीले स्वस्थानी मात्र नभएर सबै चाडपर्ब लाई बिक्रित पारी रहेका छौ । शिवरात्री लाई गांजा ,भांग धतुरो तिर लागेका छौ । फागु दिदी बहिनिलाई लोला हान्ने अनुहारमा इनामेल दल्ने र मादक पदार्थ सेबन तिर लागेका छौ । तीजलाई बजारिकरण गर्ने ,दसै तेरो मेरो ,पशु हत्या जस्ता बहस सुरु गरेका छौ । तिहार ध्यौसी भैलो दान दातब्य को सट्टा जबरजस्त चन्दा असुली र जुवातास तिर मोडिदिएका छौ ।

अब लागौ एकजना महिला बिधि निर्माताले स्वस्थानी पुस्तक च्यात्नु पर्ने कुरा सदनमा उठाए पछी बहसको बिषय बनेको छ । नेपालको राजनीतिक परिवर्तन राजाको बिरुद्ध गर्नु परेको र राजा हिन्दू भएकाले दुबैलाई आलोचनाको बिषय बनाइयो । सामाजिक अन्तर बिरोधलाई धार्मिक कारण सँग जोडीयो । धर्म ग्रन्थ महिला बिरोधी भएको बुझिन्छ र बुझाईन्छ । महिलालाई मात्रीसक्ती देबिको रुपमा पुज्ने प्रचलन केबल हाम्रो धर्म संस्कृतिमा मात्र पाईन्छ । आसिर्बाद सगै दक्षिणा छोरी चेलीलाई हाम्रै मात्र संस्कारमा रहेको छ । कोही ब्यक्तिगत रुपमा धर्म संस्क्रिती मान्न ,नमान्न वा परिवर्तन गर्न पनि पाउनु पर्दछ ।

बाह्य विश्वले नेपालको हिन्दू बौद्ध संस्कृति भारतीय संस्कृति बाट बिस्तार भएर नेपाल पुगेको मान्ने गर्दछ । त्यस माथि देशको नेत्रित्वले संस्कारमा नकरात्मकताले पुरानो त्यगिने र खाली ठाउमा बिदेसी गैर सरकारी आफ्नो धर्म संस्कार आक्रमक रुपमा फैलाउन लागि परेका छन । जस्तो कि स्वस्थानीमा शिव शर्मा प्रभुको रुखमा चडेको वा प्रभुकै प्रार्थनाले गोमा रानी बनेको सम्म भन्न भ्याएका छन । दसैंमा टिकाको आसिर्बाद प्रभुले रक्षा गर्न प्रार्थना गरिदिएको छु भनेर दिन लाउने सम्म पनि गरेका छन ।

यदि मानानीय सांसद्ले स्वस्थानीको किताब च्यात्नु पर्छ भने जस्तै कसैले तीन तलाकको भरमा दम्पती सम्बन्ध सकिने भन्ने कुरान च्यात्नु पर्छ भन्यो भने संसारको कुनै कुनामा रहे पनि मारिदिने फतवा जारी हुन सक्छ र कि मारिनु पर्छ या बांकी जीबन लुकी छिपी बिताउनु पर्ने हुन्छ । लेखक सल्मान रुस्दी र लेखिका तस्लिमा नसरिनको बर्तमान अवस्था बारे हामी जानकार छौ । केही गल्ती भएमा ढुङ्गाले कुटेर मारिने गरिन्छ । स्कुलमा छोरीले पढ्न पाउनु पर्छ भन्दा मालाला युसुफिजाइले गोली खाएको हिजो अस्ती मात्र हो भने विवाह देखी नागरिकता सम्म पनि धर्म लाई आधार मानेर दिने नदिने निर्णय गरिन्छ । हाम्रो संस्कारमा कसैले नराम्रो बोली गर्दैमा ज्यानको खत बात लाग्ने ब्यबस्था कम्तिमा छैन भनी गौरब किन नगर्ने ?

बिरकाजी बस्नेत

प्रतिक्रिया