जालान् त गोकुल २४ घण्टाभित्र जेल ?

अनिलभक्त खरेल(स्वतन्त्र पत्रकार) २०७६ फागुन ८ गते २:२१ मा प्रकाशित

अनिलभक्त खरेल(स्वतन्त्र पत्रकार)। उखान टुक्का हान्न खप्पिस नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओली अर्थात केपी ओलीलाई यो उखान पनि पक्कै थाहा होला “उम्ले पछि पोखिन्छ ।” हो यस्तैमा दर्ज भए भन्दा अत्युक्ति नहोला उनै केपीका विश्वासपात्र एवं सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटा । जहिले पनि छुद्र अभिव्यक्ति दिएर जनतालाई चिढ्याइरहेका गोकुल भुँइन भाँडाका भएका थिए ।

जहिले पनि छुद्र अभिव्यक्ति दिएर जनतालाई चिढ्याइरहेका गोकुल भुँइन भाँडाका भएका थिए ।

उनी “आफै नियम र आफै नै कानुन” झै गरी चितवनको ध्रुबे हात्ती जस्तै मैमत्त थिए । पछिल्लो पटक (एक साता अघिमात्र) त नेपालका सर्वाधिक धनी विनोदकुमार चौधरीसंग पनि पैठा जोरी खेल्दै थिए । कुहिनाले पहरोसंग पैठा जोरी खेले झैं । कुहिनाले पहरोसंग पैठाजोरी खेल्दाको नतिजा के देखियो ? गोकुलजी नेपालका सार्वाधिक धनीलाई हेप्नी ? भन्न त केपी ओलीले नेपाली हो नि नेपालीले मौका पायो भने गर्छ भन्थे गरे त के विराए ?

सरकारको नेतृत्व लिएदेखिनै प्रधानमन्त्री ओलीले आफुपनि भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर विहान बेलुका गायत्री मन्त्र पढेर सञ्जे जपे जस्तै जप्नु र आफ्ना कारिन्दा मार्फत दिन दुगुना र रात चौगुनाका दरले अर्बौ हैन कि खर्बौको हाराहारीमा भ्रष्टाचार हुनुले उनको काम हात्तीको देखाउने दाँत र चपाउने दाँत जस्तै भयो कि भएन ? हिजो मात्रै ओलीले भनेका थिए “हामीले दरवार हत्याकाण्ड र माघ १९ गते बिर्सेका छैनौ” हो त्यस्तै आम नेपालीले पनि २०५० साल जेठ ३ गतेको मदन भण्डारी हत्याकाण्ड र वाइडवडी काण्डमा मुछिएका रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटना मार्फत भएको हत्या पनि बिर्सेका छैनन् । कतै रविन्द्र अधिकारीलाई आफ्ना कर्तुत ढाकछोप गर्न मारिएको त थिएन त्यतापट्टी पनि अनुसन्धान हुन जरुरी छ । हैनभने सरकारका प्रत्येक निर्णयहरु विवादास्पद र भ्रष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा, त्यसमा पनि केपीका प्रिय पात्र गोकुल बास्कोटा यति ठुलो कमिसन प्रकरणमा जोडिनुले केपी ओलीको भनाई र गराईमा भिन्नता छ भनेर प्रश्न गर्ने कि नगर्ने ? स्वयं प्रधानमन्त्रीको समेत यसमा मिलेमतो भएको छ भनेर किन औंला नठड्याउने ?

स्वयं प्रधानमन्त्रीको समेत यसमा मिलेमतो भएको छ भनेर किन औंला नठड्याउने ?

उनको सिंगापुरको अस्पतालको खर्च पनि यस्तै भ्रष्टाचार र राज्यदोहनबाटै नै भएको भनेर किन नभन्ने ? जनताले यही मेसोमा यसको हिसाव किताव किन नमाग्ने ? यदि अबको २४ घण्टाभित्र गोकुल बास्कोटा प्रहरी हिरासतमा पुगेनन् भने केपी ओलीको पनि यसमा मिलेमतो छ ।

के बास्कोटा जालान् त २४ घण्टाभित्र जेल ?

हुन त पछिल्लो समयमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम जताततै सरकारको काम कार्वाहीको आलोचना, खिसि टिउरी र विरोध हुन थालेपछि आम जनता र सञ्चारमाध्यमको मुख थुन्न सरकारले सुचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदसामु प्रस्तुत गरेको छ । सरकारले ल्याउँदै गरेको विधयेकको परिच्छेद १२ को दफा ८३ मा साइबर बुलिंग गर्न नहुने भन्ने दफामा लेखिएको छ “कसैले विद्युतीय प्रणालीको प्रयोग गरि अर्को व्यक्तिलाई निरन्तररुपमा हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता कार्य गर्न गराउन हुँदैन ।” कसैले सो कार्य गरे गरएमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ । कसुरमा कसुरदारलाई कसुरको मात्रा हेरी दशलाख रुपैयासम्म जरिवाना वा ५ बर्षसम्म कैद वा दुवै सजाय हुनेछ लेखिएको छ । अब यही विधेयकमा रहेर कुरा गर्ने हो भने मन्त्री जस्तो सम्मानित पदमा पुगेका व्यक्तिले राष्टसेवक कर्मचारीमाथि अपशब्द गाली गलौज प्रयोग गर्नु साइबर बुलिंग अन्तर्गत पर्छ कि पर्दैन ? यदि पर्छ भने सरकारका प्रवक्ता गोकुललाई कठालो समातेर किन जेल कोचिदैन ? के नियम कानुन भनेको निमुखा जनतालाई मात्र हो ?

गायक पशुपति शर्माले “लुटन सके लुट” र “जताततै चोर” भन्ने गितको बारेमा रातारात कटु आलोचना गर्ने अरिंगालका जत्थाहरु यस्ता मन्त्रीको पदवी भिरेर २ नम्बरी धन्दा गर्ने नटवरलाल बारे किन मौन ? ज्ञानेन्द्र शाहीलाई भ्रष्टाचारको प्रमाण ल्याउ हामी कार्वाही गर्छौ भन्नेहरु हो प्रमाण त आयो अडियो संगै ।

ज्ञानेन्द्र शाहीलाई भ्रष्टाचारको प्रमाण ल्याउ हामी कार्वाही गर्छौ भन्नेहरु हो प्रमाण त आयो अडियो संगै ।

हुन त नेपालको अदालतले अडियोलाई प्रमाणको रुपमा नलिने हुँदा उनी पनि महरा जस्तै चोखिने छन् किनकि यो २ तिहाईको सरकार हो । महरा रोशनी कार्कीको डेरामा गएको अदालतले नदेख्नु र गोकुलको जस्तै आवाज निकालेर कसैले बदनाम गर्न खोजिएको हो भनेर भोलि भनियो भने पनि आश्चर्य नहोला किनकि यो नेपाल हो । “नेपालको कानुन दैवले जानुन् ।” बबुरो जनताले के जानुन् ।

यस्ता सम्वाद भएको थियो बास्कोटा र बिचौलिया बिच

मन्त्री गोकुल बास्कोटाः ह…

-विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

-मन्त्री गोकुल बास्कोटाः ठीक छ।

-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।

-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।

-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।

-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।

-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

-मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?

-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा

-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?

-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।

-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?

-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।

-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?

-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?

-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने…

-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?

-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।

-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..

-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

-मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

प्रतिक्रिया