शनिबार, जेठ १७ २०७७
काठमाडौं १९:३८
वासिङटन डिसी 09:53

चार्ल्स काउन्टीका १७ बर्षिय किशोरले घातक गोलीबारी गरेको आरोपमा पक्राउ

इनेप्लिज २०७६ फागुन ८ गते ०:५५ मा प्रकाशित

मेरील्याण्डको चार्ल्स काउन्टीको उच्च माध्यामिक विद्यालयमा भएको घातक गोलीबारीको आरोपमा एक १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ,।  प्रहरी कार्यालय भन्छ, उक्त गोलीबारी लक्षित हत्या “लागू पदार्थ सम्बन्धित” देखिन्छ।

मेरील्याण्डको वाल्डोर्फका डेरिल एडवर्ड फ्रिम्यानलाई बुधवार पक्राउ गरिएको ठिक एक दिन अघि ब्राडली ए ब्राउनलाई सडकमा गोली हानी हत्या गरेका थिए । ब्राउनलाई धेरै पटक गोली मंगलबार साँझ ७ बजे भन्दा केही क्षण अगाडी हानिएको थियो ।

अन्वेषकहरूले भने कि “गोलिबारी आकस्मिक थिएन र यो लागूपदार्थ सम्बन्धित भएको देखिन्छ।” ब्राउन मेरिडल्याण्डको वाल्डोर्फको नर्थ प्वाइन्ट हाई स्कूल(उच्च माध्यमिक )का वरिष्ठ थिए। उनी प्रिन्स जर्जको काउन्टी प्रहरीका अधिकारीका छोरा पनि थिए ।

फ्रिम्यानलाई वयस्कको रूपमा प्रथम श्रेणीको हत्या र अन्य सम्बन्धित आरोप लगाइएको छ ।

श्रोत : डब्लुटिओपी /तस्बिर : फक्सन्युज५

प्रतिक्रिया