शनिबार, जेठ १७ २०७७
काठमाडौं २०:२६
वासिङटन डिसी 10:41

आइतबार न्यूयोर्कमा सामुदायिक भेला

इनेप्लिज २०७६ फागुन ८ गते ०:४४ मा प्रकाशित

न्युयोर्क- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले फेबु्रअरी २३ आउँदो आइतवार न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ ।

न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने संघको अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो ।

पत्रकार र समुदायका अभियन्ताका बीचमा गरिने अन्तरक्रियात्मक भेलामा न्यूयोर्क आसपास क्षेत्रका समुदायका अभियन्ता तथा पत्रकारहरुलाई उपस्थित हुन संघकी पूर्व क्षेत्र संयोजक तथा अधिवेशन आयोजक समिति संयोजक कल्पना घिमिरेले आग्रह गर्नुभएको छ । कार्यक्रम आइतवार साँझ न्यूयोर्क ज्याक्सन हाइट रुसभेल्ट एभिन्यूमा रहेको भान्छा घर–२ मा हुनेछ ।

सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण सभालाई मध्यनजर गरी नेजाले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।
अधिवेशन लक्षित तयारी समेत अघि बढाइएको छ । सदस्यता वितरण तथा नविकरणको कामलाई तिव्रता दिइएको संस्थाका सचिव सुरज भण्डारीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया