शनिबार, जेठ १७ २०७७
काठमाडौं २१:१६
वासिङटन डिसी 11:31

पत्रकार पौडेलको उपचारार्थ मंगलवार सांझसम्ममा ५ हजार ६ सय ५८ डलर सहयोग संकलन

इनेप्लिज २०७६ फागुन ७ गते २:२० मा प्रकाशित

भर्जिनिया, अमेरिका । पत्रकार कमल पौडेलको उपचारार्थ सहयोग गर्न मंगलवार सांझसम्ममा कुल ५ हजार ६ सय ५८ डलर सहयोग संकलन भएको छ । डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) को संयुक्त पहलमा खोलिएको गोफन्ड खातामा ४ हजार ५ सय ५५ डलर जम्मा भएको छ भने स्वीडेनमा फोटो पत्रकार सुन्दर श्रेष्ठले १० हजार ८ सय स्वीडिस क्रोना ( १ हजार १ सय ३ अमेरिकी डलर) सहयोग संकलन गर्नुभएको छ ।

अढाइ दशक देखि पत्रकारिता गर्दै आउनु भएका मकालु टेलिभिजनका समाचार प्रमुख पौडेललाई व्लड क्यान्सर भएकोले अहिले उपचारार्थ सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उपचारका लागि ३० लाख रुपिंयाभन्दा वढी लाग्ने अस्पतालले वताएको हुंदा पत्रकार पौडेलको सहयोगका लागि संसारभर अभियान सुरु भएको छ ।

पत्रकार पौडेलको सहयोगका लागि आजवाट जापानमा अभियान सुरु हुने परोपकारी पत्रकारिता गर्दै आउनुभएका चर्चित पत्रकार प्रेम वानियाले जानकारी दिनुभयो । पत्रकार वानिंयाले क्यान्सर पीडित पत्रकार पौडेल आफ्नो समेत गुरु भएको भावुक स्टाटस फेसवुकमा सेयर गर्दै सम्पूर्ण मनकारी महानुभावहरुलाई उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

पत्रकार पौडेलको उपचारमा गोफन्ड मार्फत सहयोग गर्नु हुनेहरुमा नवीन लुइटेल ५०० डलर, सन्तोष पोखरेल ५०१ डलर, भानु ओडारी १०१ डलर, चर्चित पत्रकार प्रेम वानिया १०० डलर, सीपीए दीपेन्द्र तिवारी १०० डलर, प्रदिप कश्पाल १०१ डलर, सुनिल महत ५१ डलर, श्रीना मगर ५१ डलर, भक्त महत ५० डलर, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल ५० डलर, युवा आचार्य ५० डलर, एनआरएन अभियन्ता तथा इन्जिनियर हेमन्त भेटवाल ४१ डलर, तोया पौडेल ३१ डलर, पत्रकार सतिश चापागाइ २५ डलर, जनार्जन भण्डारी २५ डलर, पवन खनाल २५ डलर, , मदन राइ २५ डलर, दीपा महत २५ डलर, सच्चीको साथमा १५ डलर, अशोक केसी १० डलर र नाम उल्लेख नगरी एकजनाले २५ डलर र अर्को जनाले २० डलर सहयोग गर्नुभएको छ ।

स्वीडेनको विवरण

स्वीडेनमा पत्रकार पौडेललाई उपचारार्थ सहयोग गर्नेहरुमा सुन्दर श्रेष्ठ २००० क्रोना, सागर सन्नी प्रधान ७०० क्रोना, सुरज श्रेष्ठ ५२० क्रोना, रेशम राज ५०१ क्रोना, सुमन मगर ५०० क्रोना, अनिल संगत ६०० क्रोना, सुनिल संगत ५०१ क्रोना, पाल्पाली लभ्ली कान्छो दल ५२१ क्रोना, दिनेश स्था ५०० क्रोना, राजकुमार पाठक ३०० क्रोना, कृष्ण केसी २५१ क्रोना, सरु ५०० क्रोना, तुलवहादुर थापा ५०५ क्रोना, समृद्धि शाक्य २०० क्रोना, लिना पवित्रा केसी २५० क्रोना, सरिता श्रेष्ठ ३५० क्रोना, एस पुन मगर १५० क्रोना, अर्मिन वोसजाक ३०० क्रोना, कमल थापा ४०० क्रोना, शान्ति थापा ३०१ क्रोना, मुवारक रुकुन्डे १०० क्रोना, विजय प्रधान ३२५ क्रोना, दीप थापा ५२५ क्रोना हुनुहुन्छ ।

यसअघि अमेरिकामा गोफन्डमार्फत पत्रकार पौडेललाई सहयोग गर्नेहरुमा अमेरिकाको केन्टकीवाट अग्नी खरेल ५ सय डलर, किशोर सापकोटा ५ सय डलर, भर्जिनियावाट डिसी नेपालका सम्पादक उमेश शर्मा १०१ डलर, पत्रकारहरु सुनिल दाहाल १ सय डलर, विष्णु शीतल १ सय डलर, गुणराज लुइटेल र सीता लुइटेल ५० डलर र पेन्सिलभेनियावाट लक्ष्मी घिमिरे १ सय डलर ,भर्जिनियावाट सामाजिक अभियन्ता पर्शुराम भण्डारी १० डलर ,ईनेप्लिजका विश्वराज थापा र विजय थापा (ईनेप्लिज)बाट ५१ डलर हुनुहुन्छ ।

पत्रकार पौडेललाई थप सहयोग गर्नेमा अमेरिकाको केन्टकीवाट प्रतिश सापकोटा १०० डलर, मीना खरेल ५० डलर, पेन्सिलभेनियावाट लक्ष्मी दाहाल १०० डलर, भर्जिनियावाट डिसी नेपाल डटकमका ग्लोवल इडिटर चुडामणी भट्टराई १०० डलर, नर्थ क्यारोलिनावाट राजेन्द्र तिमल्सिना ५० डलर, भर्जिनियावाट व्यवसायी, वरिष्ठ पत्रकार तथा अन्तराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल २५ डलर, सिकागोवाट पत्रकार सन्ध्या राइ ५१ डलर, हिमालय खवर डटकम परिवार ५१ डलर, दिनेश पौडेल १०१ डलर, नवीन पराजुली ५१ डलर,कपिल रेग्मी ४० डलर, एकराज दाहाल ५० डलर, विभा गौतम २५ डलर, नारायण वोहरा २५ डलर र नाम उल्लेख नगरी एक जनाले १०१ डलर र अर्को जनाले १०० डलर हुनुहुन्छ ।

यसै गरि पत्रकारिता क्षेत्रका ख्यातीप्राप्त रिसर्चर तथा लेखक भानुभक्त आचार्यले पनि पत्रकार पौडेललाई १० हजार सहयोग गर्नुहुने भएको छ ।

हाल क्यानाडामा रहनु भएका आचार्यले अर्को हप्ता नेपाल गएर पत्रकार पौडेललाई सहयोग गर्ने जानकारी दिनुभयो ।

पत्रकार पौडेललाई गोफन्डको यो लिंक https://www.gofundme.com/f/help-journalist-kamal-poudel?मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ ।

सहयोग गर्ने केही महानुभावहरुको तस्विर प्राप्त नभएकोले समेट्न तस्विर प्रकाशन गर्न नसकिएको जानकारी गराउंछौ । तपाईहरुलाई पनि आफ्नो तस्विर सहित समाचार प्रकाशित होस् भन्ने लागेको छ भने कृपया इनेप्लिज डटकम वा डिसी नेपाल डटकमको इमेलमा नाम र तस्विर पठाउन आग्रह छ ।

प्रतिक्रिया