आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:०१
वासिङटन डिसी 19:16

मेरिल्याण्डमा चट्टान माथि चढ्दा चिप्लेर २२ बर्षिय युवाको मृत्यु

इनेप्लिज २०७६ फागुन ७ गते ०:३९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा चट्टान माथि चढ्दा चिप्लेर २२ बर्षिय युवाको मृत्यु भएको छ । उक्त युवाको मृत्यु मेरिल्याण्ड स्टेट पार्क नामक उद्यानमा चिप्लेर चट्टान मुनि खसेर निधन भएको हो ।

उनि लामो पैदल यात्रा(हाईक)गर्ने पैदल यात्री थिए भने उनको नाम जोसेफ बुक्सटन भएको खुल्न आएको छ । उनि अमेरिकी राष्ट्रपति दिवस सोमबार फेब्रुअरी १७ का दिन बे मौषममा हाइक (लामो पैदल यात्रा)जाँदा उक्त दुर्घटना हुन् पुगेको हो ।

उक्त उद्यानको क्विन्स सिट भन्ने स्थानमा मृत्यु भएको मेरिल्याण्ड प्राकृतिक श्रोतका प्रवक्ताले जनाएका छन् । मृतक बुक्सटन चट्टानमा चढ्नु अघि खुट्टा चिप्लेको कारण निधन भएको स्थानीय पत्रिकाले लेखेको थियो । उनको मृत्यु घटनास्थल मै भएको र उनको शव-परीक्षा गर्न लगिएको छ ।

उक्त क्विन सिट नामक चट्टान करिव १ सय ९० फिट (५८ मिटर )अग्लो छ । र उक्त चट्टानमा चढ्न व्यवसायिक प्रशिक्षण लिनु पर्ने भनि उक्त उद्यानको आधिकारिक संजाल( वेबसाईट)मा जनाईएको युपिआईले लेखेको छ ।

प्रतिक्रिया