आइतबार, चैत १६ २०७६
काठमाडौं ०४:५९
वासिङटन डिसी 19:14

न्युयोर्कका अर्बपति माइकल ब्लूमबर्ग डेमोक्र्याटिक बहसका लागि योग्य भए ,मतदान सर्वेक्षणमा दोश्रो स्थानमा उक्लिए

इनेप्लिज २०७६ फागुन ६ गते १२:०२ मा प्रकाशित

न्युयोर्कका पूर्व नगर प्रमुख तथा अत्यधिक धनाढ्य माइकल अर्बपति ब्लूमबर्ग आगामी बुधवार हुने डेमोक्र्याटिक बहसका लागि योग्य भएका छन् । र उनि पहिलो पटक अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिकका उम्मेदवारको तर्फबाट बहसमा सहभागी हुन् पाउने भएका छन् ।

हाल सम्म उनले ४०० मिलियन अर्थात् ४ सय अर्ब डलर बिज्ञापनमा खर्च गरि सकेको संचार माध्यमले देखाएका छन । फेब्रुअरी १९ का दिन लास भेगासमा डेमोक्रेटिक राष्ट्रपति पदको बहसको लागि सहभागी हुने पक्का भएको छ ।

ब्लुम्बर्ग संग अथाह सम्पत्ति छ भने उनि संग कुल ६२. ८ बिलियन ( ६२.८ अर्ब डलर )छ । उनि राष्ट्रपति डोनाल्ड ट्रंप भन्दै कैयौ ज्यादा धनि छन् । डेमोक्रेटिक दलका राष्ट्रपतिका उम्मेदवारहरुले पैसाले मत खरिद गरिदै छ भन्ने उनलाई आरोप लगाईएको छ ।

अचानक राष्ट्रिय मत सर्वेक्षणमा उनि दोश्रो स्थानमा उक्ले पछि सबैको ध्यानाकर्षण उनि माथि भएको छ । सेनेटर बर्नी स्यान्डर्स को ३२ प्रतिसत छ भने पछिल्लो पोलमा ब्लूमबर्ग दोस्रो स्थानमा अर्थात् उनि १९ प्रतिसत प्राप्त गर्दै दोश्रो स्थान ओगटेका छन्

नेभादामा हुने बहसमा ब्लूमबर्गको उपस्थितिले महत्वपूर्ण नयाँ परिवर्तन ल्याउन सक्छ भन्ने अनुमान गरियेको छ । ब्लूमबर्ग चुनावी अभियानका प्रबन्धक केविन शेकीले मंगलबार एक विज्ञप्तिमा भने कि उम्मेदवार “अन्य डेमोक्र्याटिक उम्मेद्वारहरूलाई मंचमा सम्मिलित हुन र डोनाल्ड ट्रम्पलाई हराउन र देशलाई एकजुट गर्ने सबैभन्दा राम्रो उम्मेद्वार किन हो भन्ने कुराको लागि तयार हुन चाहन्छु। आफ्नो कामयोग्यका बारेमा छलफल गर्ने अवसर” र यस देशले सामना गरिरहेका चुनौतीहरूको लागि प्राप्य योजनाहरू अभियान प्रक्रियाको एक महत्वपूर्ण हिस्सा हो। ” भनेका छन् ।

श्रोत :सिएनएन ,तस्बिर :एपी न्युज

प्रतिक्रिया