‘जनकपुर फेस्ट २०२० & म्युजिकल ईभेन्ट २०७६ (सिजन -३)सम्पन्न

इनेप्लिज २०७६ फागुन ५ गते २३:२६ मा प्रकाशित

 

 

काठमाडौँ /जनकपुरमा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको ‘जनकपुर फेस्ट २०२० र म्युजिकल ईभेन्ट २०७६ (सिजन -३) – कार्यक्रम १४फेबररी valentine’s का दिन भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रदेस २ का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय का माननीय शैलेन्द्र प्रसाद साह ज्यु को प्रमुख आतीथिय उपस्थिति का साथ जनकपुर को मसला कटेज मा सम्पन्न भएको आयोजक नितिन कायस्थले जानकारी दिनुभयो । उक्त कार्यक्रम प्रमुख आकर्षणको रुपमा मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक कमल के छेत्री , गायक कर्ण राज गिरि त्यसै गरि भोइस अफ नेपाल बाट ख्याती प्राप्त जमिर अलिको प्रस्तुतिको साथै मैथीलि लोकप्रिय गायक सरोज सन्त ,कलाकार माहि तनवीर खान र कलाकार सपना बराइलीको नृत्य प्रतुतीका साथै बाल कलाकार / मोडेल प्रिन्स प्रशिद्ध सिंह थापाको बेजोड प्रस्तुति रहेको थियो ।

साझ करिब ५ बजेदेखि सुरु भएको कार्यक्रममा करिब ४०० भन्दा बढी का उल्लेखनीय महानुभावहरु को उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा २२ जना प्रतिस्पर्धीहरु लाइ पछि पार्दै बिक्की पाण्डेले जनकपुर फेस्ट २०२० बिजेता को उपाधि जित्न सफल हुनुका साथै फर्स्ट रनरअप अविशेक कुमार साह र सेकेन्ड रनरअप को उपाधि अंशु पटेलले हात पारेको थियो ।  कार्यक्रममा मुख्य प्रायोजक Wardwiz Antivirus , गोर्खा ब्रेवेरी (टुबोर्ग) र डीस होम ले गरेको थियो ।

कार्यक्रमलाई ब्यबस्थापन कृष्ण कर्णले गरेका थिए भने फेशनको दुनियामा एक दर्जन भन्दा बढी लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व अफिसियल कोरियोग्राफी सोनु कर्ण ले गरेका थिए ।

कार्यक्रमको उद्घोषण ससिद बुढाथोकी ले गरेको थियो ।

 

प्रतिक्रिया