हङकङबाट उदाउदै गरेका गायक दिनेश लिम्बु हिन्दि म्यासप कभर [भिडियो सहित]

इनेप्लिज २०७६ फागुन ४ गते १२:५२ मा प्रकाशित

 

काठमाडौं । नेपाली गीत संगीतमा राम्रो आशा बोकेका गायक दिनेश लिम्बु, केहि समय बाट हङकङमा बसोबास गर्दै आएका दिनेश नेपाली गीत संगीतलाई माया गरेर बेलाबेला’मा नेपाली गीतको भिडियो सांगीतिक बजारमा ल्याउने गर्छन् | केहि समय अगाडी, उनले नेपाली सांगीतिक बजारमा उनले हिन्दी र नेपाली भाषामा नयाँ गीतको भिडियो बजारमा ल्याएका हुन् ,उक्त गीतको भिडियो बजारमा आए लगत्तै उनको चर्चा सांगीतिक बजारमा बढ्दै छ ।

हिन्दी र नेपाली भाषामा नयाँ गीतको म्यासप गीतको भिडियो बजारमा आए लगत्तै उनको नेपालमा मात्र नभई इन्डियामा पनि उनको चर्चा भईरहेको छ । उनले हिन्दी र नेपाली भाषाका चर्चीत गीत (मेरे सामने वाली खिद्कि मे) (राम सैली) (पुल हैन ) (लै लै ),(उडायो हावाले) जस्ता गीतहरु गाएर सांगीतिक बजारमा ल्याएका छन् ।

उक्त गीतमा संगीत संयोजन /अशल पन्चाकोटीको छ भने निर्देशन र सम्पादन एलिन’को रहेको छ । स्याङतानले हङकङमै खिचिएको उक्त भिडियोमा दिनेश लिम्बु, असिम लिम्बु र सोनियाँ घिसिङको रोमान्स देख्न सकिने छ । उक्त भिडियोको निर्देशन र सम्पादन एलिन स्याङतानले गरेका छन् भने डेनीस पुनको छायाँकन रहेको छ । आकाँक्षा लिम्बुको श्रृङ्गार रहेको यस भिडियोमा आबीड हासनको ग्राफिक डिजाईन रहेको छ ।

गायक दिनेश लिम्बु’का अरु हिन्दि गीतका कभर भिडियो हरुपनि युट्युबमा हेर्न सकिन्छ ।नेपालमा हुँदा पनि दिनेश स्कुल प्रोग्राम, मेला महोत्सब, कन्सर्टमा उनको सांगीतिक प्रस्तुतिका लागी बाक्लो उपस्थिति हुने गर्दथ्यो भने,अहिले हङकङमा हुने सांगीतिक प्रोग्राममा पनि उनको उपस्थितिमा त्यहाँका संगीत प्रेमीहरुलाई उनले आफ्नो प्रस्तुतिमा नेपाली हिन्दि गीतहरु गाई उनीहरुलाई मन्त्र मुग्ध गराउँदै आएका छन् ।

प्रतिक्रिया