अमेरिकामा नेपालीले ८० बर्ष भन्दा पुरानो हिराको औँठी धनीलाई फर्काई नेपालीको ईमान्दारीता यसरी देखाए

विजय थापा २०७६ फागुन ४ गते ०:३३ मा प्रकाशित

डिसी । नेपालीहरुको इमान्दारिताको कदर तथा प्रशंसा बिश्वभर नै शताब्दी देखि नै रहदै आएको भन्नु पर्दा कुनै अतिशयोक्ति नहोला । बिदेशीहरुले नेपालीहरु ईमान्दार हुन्छन भन्ने ठान्दछन । यस्तै इमान्दारिताको प्रसंगमा पछिल्लो उदाहरण अमेरिकाको भर्जिनिया राज्यका एक नेपाली मूलका युवकले ८० बर्ष भन्दा पुरानो हिराको औँठी धनीलाई फर्काई सम्पूर्ण नेपालीहरुको ईमान्दारीता प्रस्तुत गरेका छन् ।

उत्तरी भर्जिनिया राज्यको विनचेस्टर शहरमा आफ्नो व्यवसाय संचालन गर्दै आएका युवा सुमित संजेलले एक महिलाको पिताले सन् १९४० मा स्वयम्बरमा उक्त महिलाकि आमालाई प्रदान गरेको हिराको औँठी फेला पारि ६० बर्ष हाराहारीकि महिलालाई फिर्ता गरेका छन् ।

फिर्ता गरे पछि उक्त महिलाले सुमितलाई मुक्त कण्ठले प्रशंसा गर्नुको साथै विनचेस्टर शहरमा उनको व्यवसाय तथा ईमान्दारिताको व्यापक चर्चा परिचर्चा भएको छ । समाजिक संजालको साथै स्थानीय पत्रपत्रिकाले समेत मुख्य पृष्ठमा समेत भ्याकम क्लिनर (निर्वातशोदक अर्थात् बिधुतिय कुचो )सहितको पसल संचालकलाई धन्यबाद दिएका छन् ।

सुमितले उनको चर्चा परिचर्चा हुन् थाले पछि सामाजिक संजाल (अनुहार किताव)मा मेरो लागि ईमान्दार हुनु भन्दा ठूलो कुनै धन छैन। मैले मेरो परिवारबाट सिकेको र मेरो छोराले पनि म बाट यही सिकोस भन्ने हो भनि स्टाटस (वस्तु-स्थिति)लेखेका छन् ।

यो औंठीको कहानी निकै रोचक छ : कसरी सुमितले उक्त औठी फेला पारे ?

सुमितले उक्त औठी उक्त महिलालाई भ्यालेनटाइन डे (प्रेम दिवस)मा बुझाएकोले उनले आफ्नी आमाले दिएको कोसेली निकै हर्ष व्यक्त गरेकी छिन् । उक्त महिलाकि बुवाले उनकी आमालाई १९४० मा दिएका थिए । उक्त औंठी सो मिति भन्दा पनि अघि बनेको हुनु पर्छ भन्ने सुमितले बताए ।

पाम बेल नाम गरेकी उक्त महिलाले भर्जिनियाको विन चेस्टरमा संचालित माई भ्याकम नामक पसलमा आएर मिठाई कर्मचारी बिक्कु गौतम तथा संचालक सुमित संजेललाई वितरण गरिन । सुमितको पसलमा उक्त महिलाले निर्वातशोदक अर्थात् बिधुतिय कुचो मर्मत गर्न भनि ल्याएकी र मर्मत गर्ने क्रममा कहिले देखि उक्त यन्त्रमा भित्र पट्टि अड्किएर बसी रहेकोले सुमितले फेला पारि पाम बेललाई दिएका थिए ।

उक्त महिलाको पिताको मृत्यु १९९८ मा भएको थियो भने आमाको मृत्यु सन् २००५ मा भएको थियो । त्यसको केही बर्ष पछि आमाले स्वयम्बरमा पिताबाट पाएको उक्त औंठी हराएकी थिइन् ।

उनले अलिक औंठीको आकार अलिक ठूलो भएकोले माथिल्लो सुत्ने कोठामा हराएको उनलाई सम्झना छ भनि उनले बताएकी थिइन् । उनले सबै ठाउँमा खोजिन र सम्भवत गलैचा लगाएको स्थानमा कही हरायो भन्ने ठानिन । नपाए पछि साह्रै चीत्त दुखेको बताईन ।

उक्त महिलाको पिता जोन पि बेल जुनियरले १९४० ताका बाल्टिमोरमा आफ्नी दुलहीलाई ल्याएका थिए । उक्त औठी कति वजन(क्यारेट)र कति मुल्यको हो भन्ने थाहा नभएको भन्दै “मलाई थाहा छ यो मेरो लागि अनमोल छ।”भनिन ।

उक्त महिलाले आफ्नो घरमा भएको पुरानो बिधुतिय कुचो (निर्वातशोदक) बनाउन अर्को मर्मत केन्द्रमा दिएकी थिइन् । तर त्यहाँबाट पनि उक्त भ्याकम क्लिनर (निर्वातशोदक) ठिक नभए पछि उक्त महिलाले मर्मत गर्न नेपाली मूलका सुमित संजेलको माई भ्याकम नामक पसलमा लागेकी थिइन् ।

सुमितका प्राविधिक कर्मचारी उक्त बिधुतिय कुचोको भागहरु निकाल्दै समस्या पत्ता लगाउने क्रममा उक्त यन्त्रको भित्र भागमा कहिले देखि हराएको हिराको अमुल्य औठी फेला पारेका थिए ।

दशकौ देखि हराई रहेको उक्त औठी फेला परेको हो । उक्त महिलाको यन्त्र बिनाझोलाको छ । त्यसैले जब उनी यो प्रयोग गर्छिन्, उनले डिब्बा (कन्टेनर)लाई फाल्छिन् र सबै कुरा रद्दीटोकरीमा जान्छन्,” सन्जेलले भने ।

उक्त स्थानमा कसरी त्यो औठी रही रहेको भनि सुमित पनि छक्क परेका छन् । उक्त महिलाले उक्त प्राप्त गरे पछि आँखा भरि आसु पारेकी थिइन् । उनले प्राविधिक गौतम को ईमान्दारिता को प्रशंसा गर्दै कसैले पनि गोजीमा राख्न सक्थ्यो भनिन ।

जसरी हामी नेपालमा हुर्केका छौं, हामी धेरै मेहनती र इमान्दार मानिसहरू भनेर चिनिन्छौं,” सञ्जेलले भने। “हामीले फेला पारेका केही पनि,त्यो कुकुरका खेलौना वा बच्चाका खेलौनाहरू भए पनि हामी यसलाई सँधै ग्राहकलाई फिर्ता दिन्छौं।”

को हुन् सुमित संजेल ?

सुमित संजेलको नेपाल घर हेटौडा हो । सन् २००८ मा आएका सुमित पहिला धेरै दुख गर्दै र यसै व्यवसायमा संलग्न भै काम गर्थे । सन् २०१७ देखि आफ्नै ब्यबसाय संचालन गर्दै आएका सुमितको अर्को दुई वटा व्यवसाय संचालनमा छन् । अर्को एक व्यवसाय वेस्ट (पश्चिम )भर्जिनियामा पनि रहेको सुमितले ईनेप्लिज लाई बताए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया