बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:२२
वासिङटन डिसी 11:37

अमेरिकाले श्रीलंकाका सेना प्रमुखलाई गृहयुद्ध अपराधमा संलग्न भएको भन्दै प्रवेशमा प्रतिबन्ध

इनेप्लिज २०७६ फागुन ३ गते २:५४ मा प्रकाशित

अमेरिकाले श्रीलंकाका सेना प्रमुख शवेन्द्र सिल्वालाई देशको गृहयुद्धको क्रममा गैरकानूनी हत्या लगायतका मानवअधिकार उल्लंघन गरेको आरोपमा कालोसूचीमा राखेको छ। उनलाई अब अमेरिकामा प्रवेश गर्न अनुमति दिइने छैन ।

अमेरिकी विदेश सचिव माइक पोम्पीओले शुक्रबार सामाजिक संजाल ट्वीटमा भने, “श्रीलंकाको गृहयुद्धमा गैरकानुनी हत्यामा संलग्न भएकोले म शाभेन्द्र सिल्वालाई अमेरिकामा प्रवेश गर्न अयोग्य ठान्दछु ”

पोम्पीओले भने, “युद्ध अपराध गर्ने र मानवअधिकार उल्लघन गर्नेहरूका लागि अमेरिका जवाफदेहीताको पछि लाग्ने छैन।” यसअघिको एक विज्ञप्तिमा उनले भने कि शवेन्द्र सिल्वाको बिरूद्धमा मानवअधिकारको घोर उल्लंघन भएको आरोप संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरुले अभिलेख राखेका थिए।

शुक्रबार वाशिंगटनले सिल्वा र उनका परिवारका सदस्यहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। श्रीलंकाको विदेश सम्बन्ध मन्त्रालयले वाशिंगटनलाई उक्त निर्णयको समीक्षा गर्न आग्रह गरेको छ ।

र “उनी विरुद्ध मानवअधिकार उल्लङ्घनको कुनै ठोस वा प्रमाणित आरोप लगाइएको छैन”।

“श्रीलंका सरकारले स्वतन्त्र अप्रमाणित सूचनाको आधारमा संयुक्त राज्य अमेरिकाले लेफ्टिनेन्ट जनरल सिल्वा र उसको परिवारका सदस्यहरूमा यात्रा प्रतिबन्ध लगाउन कडा आपत्ति जनाएको छ,” मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

श्रोत :अल जजिरा अमेरिका ,तस्बिर : न्युजविक

प्रतिक्रिया