बुधबार, असोज ६ २०७८
काठमाडौं १९:४२
वासिङटन डिसी 09:57

मेरिल्याण्डमा पूर्व अमेरिकन राजदुतकी छोरीको छुरा प्रहारबाट मानिसको मृत्यु ,उनि पक्राउ

इनेप्लिज २०७६ फागुन ३ गते १:२८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको रकभिल शहरमा पूर्व अमेरिकन राजदुतकी छोरीको छुरा प्रहारबाट एक मानिसको मृत्यु भए पछि उनलाई पक्राउ गरिएको छ ।

२७ बर्षिय सोफिया नेग्रोपोन्टे अमेरिकी पूर्व राजदुत जोन नेग्रोपोंटेकि सुपुत्री हुन् । गुगल खोजका अनुसार पूर्व राजदुत जोनको जन्म बेलायतमा भएको हो भने उनि अंग्रेजी,फ्रान्सेली,ग्रिक ,स्पानिश र भियतनामी भाषा बोल्दछन । १९६० मा येल विश्व बिद्यालयबाट स्नातक गरेका थिए ।

राजदुत जोन सयुक्त राष्ट्र संघ ,इराक लगायतमा राजदुत भै काम गरेका छन् । उनकी छोरीलाई गत बिहिबार राति प्रथम श्रेणीको हत्याको आरोपमा गिरफ्तार गरिएको छ । उनले २४ बर्षिय युसुफ रासमुसेनको हत्या गरेकी हुन् । मृतक रकभिकको मोन्टगोमेरी अभेन्युमा राती ११:१६ मिनेटमा मृत अवस्थामा फेला परेका थिए ।

उक्त समयमा राती हल्ला सुनिएको छिमेकिहरुले बताएका थिए । उनको शवलाई परीक्षणको लागि बाल्टिमोर लागिएको एनबिसी ४ ले जनाएको छ

प्रतिक्रिया