स्याम्पेन या निगार लिदा कसरी प्याला हातमा लिने ;पेय पदार्थका प्याला टोस्ट(छुने )शिष्टचारहरु

विजय थापा २०७६ फागुन २ गते १९:५८ मा प्रकाशित

डिसी । जीवनको अन्त्य नहुन्जेल सम्म पनि मानिसले सिक्दा केही बिग्रिदैन । हामी धेरैलाई थाहा हुन् पनि सक्छ नहुन पनि सक्छ ।

यो पंक्तिकारले यस सम्बन्धि सोध खोज गरि पाठक वर्गलाई जानकारी होस् भन्ने हेतुले यसै बिषयमा दुई चार शब्द कोर्ने जमर्को गरेको छु ।

मदिरा ( श्याम्पेन या निगार )पिउने समयमा कसैको नाम लिन या कल्याणको चाहना गर्नु या स्वास्थ्य तथा शुभकामनाको लागि मदिरा पिउनको लागि गिलास (प्याला) छुनुलाई अंग्रेजीमा टोस्टिंग भन्ने गरिन्छ ।

टोस्ट भनेको एक रीत हो जसमा पेयपदार्थलाई सम्मान वा सद्भावनाको अभिव्यक्तिको रूपमा लिइन्छ। यो शब्द व्यक्ति वा चीजलाई यथोचित सम्मान गर्न, पेय लिएको, वा पेयको साथ मौखिक अभिव्यक्तिमा लागू हुन सक्छ। तसर्थ, एक कुनै व्यक्ति “साँझको टोस्ट” हुन सक्दछ, जसको लागि कसैले बधाई दिन “टोस्ट प्रस्ताव गर्दछ” र जसको लागि तेस्रो व्यक्तिले सहमति गर्दै “टोस्ट” गर्दछन ।

विभिन्न अप्रमाणिक कथाहरूका अनुसार, प्याला (ग्लास ) छुने चलन विषाक्तिको चिन्ताबाट विकसित भयो भन्ने गरिन्छ । अन्य कथाहरूका अनुसार, टोस्ट शब्द १७ औं शताब्दीमा चलनसँग सम्बन्धित भयो भनेर लेखिएको छ । टोस्ट गम्भीर, भावनात्मक, हास्यपूर्ण, वा अपमानजनक हुन सक्छ।

टोस्ट गर्दा अर्थात् मदिराको गिलास छुँदा या जुधाउदा विश्वासको संकेतको रूपमा आँखाको सम्पर्क कायम राख्नु महत्त्वपूर्ण छ। अर्थात् आई कन्ट्याक हुन् जरुरी हुन्छ ।

कस्ले टोस्ट(गिलास जुधाउने) र कहिले गर्ने ?

परम्परागत रूपमा, जस्ले आतिथ्यता (होस्ट) गर्छ उसले पहिलो निगार या स्याम्पेनको गिलास जुधाउछ । अर्थात् अंग्रेजीमा टोस्ट गर्छ । हातमा निगार या मदिरा लिएकाले आयोजना गर्नेले प्रस्ताव गर्दछ। साथीहरूसँग मेच र टेबलको वरिपरि या उभिएर भएता पनि आतिथ्यले पहिलो टोस्ट(प्याला छुवाउने ) प्रस्ताव प्राय: गर्छन र गर्नु पर्छ ।

सामान्यतया सबैलाई जम्मा गर्न आतिथ्यले धन्यवाद दिन लागि यसो गर्ने चलन गर्छन ।

‘आतिथ्य प्याला छुने प्रथम” अर्थात् होस्ट टोस्ट फस्ट नियम अझै पनि स्वागत समारोहमा र अन्य ठूला भोजभतेरहरुमा लागू हुन्छ । प्याला जुधाउनु अघि नै सबै गिलास भरिएको छ या छैन भने निश्चित गर्नु पर्दछ । उपस्थित भएका अतिथि या समूहलाई ध्यानाकर्षण गर्न मदिरा नपिउनेको लागि फलफुलको रस ,पानी या अन्य हल्का पेय पदार्थहरु तयार बनाउनु पर्छ । उनीहरु त्यो उठाएर जुधाउन सक्दछन । अथवा टाडाबाट आतिथ्यले उक्त कुरा गर्नु अगाडी भीडको ध्यान आकर्षण गर्नुपर्दछ ।

 

परम्परागत रूपमा मदिराको प्याला छुनु भनेको दुष्टात्मालाई भगाउने चलन नै हो भनिन्छ । यदि कोही तपाईंतर्फ जुधाउन पुग्छ भने नहिचकिचाउनुहोस् तपाई पनि जुधाई दिनुहोस् ।

तपाई आतिथ्य हो भने आफै सुरुमा नपिउनु होस् । यदि आतिथ्यले तपाईको सम्मानमा टोस्ट प्रस्ताव गरेको छ भने, तपाई गिलास नउठाउनु होस् र सबैले उक्त हातमा लिएको मादक पदार्थ चुस्की नपिउञ्जेल र उनीहरूले टेबलमा नराखुन्जेल आफू नपिउनु होस् ।

जब समूह टोस्टमा भाग लिन्छ र आफुले कुनै पेयपदार्थ फेला पार्नु हुन्न भने पनि केवल तपाईंको गिलास अगाडी बढाउनुहोस् । पेय पदार्थ पिउने बहाना गर्नुहोस्। बसेर या उभिएर गर्दा पनि हुन्छ तर स्वाभाविक हुनु पर्छ ।

यदि रात्री भोजन अगावै यसो गरिन्छ भने आतिथ्यले उठ्न चाहना गर्न पनि सक्छन । आतिथ्यले सबैलाई उठ्न आग्रह गर्न पनि सक्छन या अपबादमा भन्न पनि सक्छन । अतिथिले उठी रहनु पर्ने भन्ने चाही हुदैन ।

बोलाएका पाहुनाहरूले उनीहरूको पेय पदार्थको एक घूंट लिएर मात्र जवाफ दिनेछन अर्थात् केही शब्द भन्ने छन् । जस्तै चियर्स ,र यो बिश्वब्यापी छ । अन्यले पनि त्यस्तै भन्ने चलन छ । नेपालीमा चियर्सलाई मङ्गल चरणम या जय होस् या बम भोले आदी इत्यादी भन्ने प्रचलन पनि छ ।

औपचारिक अवसरहरूमा आतिथ्य गर्ने प्रमुख व्यक्तिले प्राय: जसो खानाको अन्त्य र कुनै भाषण हुनु अघि त्यसो भन्ने चलन छ । प्याला जुधाउने (टोस्टरहरू )प्रायः त्यस्ता औपचारिक अवसरहरूमा उभिने अपेक्षा गर्दछन र उभिने गर्छन । जब कसैले उसको गिलास उठाउँदछ र आफ्ना साथीहरूलाई शुभकामना वा बधाई प्रदान गर्दछन ।

प्याला जुधाउन सुरु गर्ने (टोस्ट)लाई जवाफ दिँदै जब टोस्ट गरिन्छ, त्यसलाई अंग्रेजीमा “टोस्टी” भनिन्छ । र उसले आफै पिउदैनन । उनि या उसलाई सबैले मुस्कान साथ प्रशंसा गर्नु पर्छ । स्वास्थ्य या शुभकामनाको लागि पेयपदार्थ पिउने अर्थात् टोस्टले छोटो र बुँदागत रुपमा बोल्न निश्चित गर्नु पर्छ । तर विवाहको अवसरमा भने भावनात्मक तर्फ झुकाव राख्नुपर्दछ ।

अमेरिकामा साधारण अनौपचारिक टोस्टमा गिलास उठाउँदै र “चियर्स” भन्ने चलन हुन्छ। बिश्वका विभिन्न राष्ट्रहरुमा आफ्नै टोस्ट (प्याला छुने ) चलन रहको छ । कैयौ देशमा चलन छैन भने मेक्सिकोमा केवल पुरुषहरुले मात्र यो गर्ने चलन छ ।

आतिथ्यले सबैको ध्यान आकर्षण गर्नको लागि गिलासको किनारा(मूनि )मा नठोक्नु होस् । केवल उठ्नुहोस् र भन्नुहोस्, “टोस्टको लागि समय”अर्थात् प्यालाको मूनि कहिले पनि नठोक्नुस ।

तपाईं यस्तो अवसरमा औसत निगार प्याला अलिक बलिया (गिलास )हेर्नुहोस् । गिलास पातलो छ भने सावधान हुनु होस् किनभने कहिलेकाही यस्ता गिलासहरु पातला र नाजुक हुन् सक्छन ।

कडा छुएमा या ठोक्काएमा फुट्न सक्ने छन् । यसरी गिलास -गिलास छुँदा कहिले किनारा -किनारा संगै नठोक्नु होस् । जसको कारण गिलास फुट्न सक्छ । कहिले पनि एक पटक पेय पदार्थको प्याला अर्को पटक छुने गरेमा कम्जोर भै टुक्रिन सक्छ ।

तपाईंले गिलासलाई आफ्नो पाहुना तर्फ झुकाउनु पर्नेछ। निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो गिलासलाई सही कोणमा समात्नु जान्नु पर्छ । शीशाको सौन्दर्य यो हो कि यसले न्यून सम्पर्कको साथ पनि कोमल छोटो बज्ने (क्लिंक)आवाज उत्पादन गर्दछ। यस्तो अवस्थामा कोमल हात प्रयोग गर्नु होस् । तपाईले आफ्नो गिलासको माथिल्लो भाग तपाईको अतिथिको गिलासको माथिल्लो भाग संग हल्का र नरम रुपमा छुनु पर्छ । जसको कारण यसले फुट्ने या टुट्ने जोखिम कम गर्दछ। तर यसले एक रमणीय ध्वनि उत्पन्न गर्दछ ।

तपाईंको गिलासमा सहि मात्रामा वाइन या श्यामपेन हुनु पर्छ । र उक्त प्यालामा एक तिहाइ भन्दा बढी हुनु हुदैन । यस्तोमा सुन्दर आवाज आउदछ ।त्यो भन्दा ज्यादा भयो भने आवाज आउदैन ।

श्रोत :गुगल खोज/बिभिन्न पत्र पत्रिका

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया