बिहीबार, साउन २९ २०७७
काठमाडौं २०:१६
वासिङटन डिसी 10:31

डिसीमा एकको गोली हानी हत्या ,प्रहरी द्वारा बन्धुकधारी माथि गोली प्रहार र पक्राउ

इनेप्लिज २०७६ फागुन २ गते ३:११ मा प्रकाशित

डिसीमा एकको गोली हानी हत्या गरिएको छ भने प्रहरी द्वारा बन्धुकधारी माथि गोली प्रहार गरि पक्राउ गरिएको छ । बिहीबार साँझ चाइना टाउन क्षेत्रमा भएको गोलिबारीको प्रहरीले अनुसन्धान गरि रहेको छ । हाल उक्त संदिग्ध व्यक्तिलाई हिरासतमा राखिएको छ ।

प्रहरी प्रमुख न्युज्यामले भने कि एक संदिग्ध व्यक्तिले नेशनल पोर्ट्रेट ग्यालेरी नजिकैको नर्थवेस्ट गल्लीमा धेरै पटक एक व्यक्तिलाई गोली हाने । पिडितलाई अस्पताल लगियो, जहाँ उनी मरे । संदिग्ध गोली हाने पछि घटनास्थलबाट भागे तर गोली हानेको आवाज सुनेका प्रहरी अधिकारीहरूले उक्त व्यक्तिलाई पछ्याएका थिए ।

दुई अधिकारीहरुले उक्त संदिग्धसँग दोहोरो गोली हानाहान भएको थियो । संदिग्ध मानिसको हातमा हिर्काइएको र अझ पनि उ भागेका थिए ।

उनि अर्को अधिकारी संग भिडन्त गरे पछि संदिग्ध व्यक्तिले आफ्नो बन्दूक भुईमा खसाएका थिए । जहाँ उनको बन्दुक बरामद गरिएको थियो र उनलाई त्यही पक्राउ गरिएको बताए ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया