बिहीबार, साउन २९ २०७७
काठमाडौं २०:५१
वासिङटन डिसी 11:06

सानको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम आगामी मे २३ मा हुने

इनेप्लिज २०७६ फागुन १ गते ११:४१ मा प्रकाशित

सोसाइटी अफ अमेरिकन नेपालिज नर्सेस (सान )ले नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम आगामी मे २३ का दिन गर्ने भएको छ । गत बर्ष निशुल्क स्वास्थ्य शिविर अत्यधिक सफलता पूर्वक सम्पन्न भएको थियो ।

डिसी क्षेत्रमा नेपाली समुदायलाई बिशेष केन्द्र बिन्दु बनाई आयोजना हुने निशुल्क कार्यक्रममा रक्तचाप,रक्तदान ,कोलोन क्यान्सर स्क्रिनिंग,कान नसुन्नेहरुका लागि जाँच , सिपिआर/प्राथमिक उपचार ,मानसिक तथा शारीरिक सुरक्षात्मक स्वास्थ्य शिक्षा ,ड्रामिङ्ग सर्कल अर्थात् ढोल वृत प्रस्तुति ,योगा आदि ईत्यादी उक्त शिविरबाट नेपाली समुदायले फाइदा उठाउनु हुनेछ ।

संस्थाकि अध्यक्ष मञ्जु संग्रौलाले अहिले देखि नै उक्त मितिको लागि तयारी हुन् सबै डिसी क्षेत्रका नेपाली समुदायलाई आग्रह गर्नु भएको छ । बिस्तृत जानकारी निरन्तर आउने संग्रौलाले ईनेप्लिजलाई बताउनु भयो ।

प्रतिक्रिया