बिहीबार, फागुन १५ २०७६
काठमाडौं ११:०९
वासिङटन डिसी 00:24

भर्जिनियाका युवा दम्पती ग्रामीण राजमार्गमा मृत अवस्थामा फेला

इनेप्लिज २०७६ फागुन १ गते ३:११ मा प्रकाशित

भर्जिनियाका युवा दम्पती ग्रामीण राजमार्गमा मृत अवस्थामा फेला परेका छन् ।  नर्दन भर्जिनियाका एक युवा दम्पतीलाई घरदेखि केही घण्टा टाढाको ग्रामीण राजमार्गको मध्य भागमा गोली हानी मारिएको छ । १८ वर्षीया अयन्ना मार्टन्स-ग्रिफिन र उनको २१ वर्षीया प्रेमी जोएल बियान्डा गत शनिबार बिहान मृतक फेला परेका थिए ।

उनीहरु ५८ राजमार्गको हेलिफ्याक्स काउन्टीमा उनीहरुको हत्या गरिएको प्रहरीले जनाएका छन् । तिनीहरूको चाँदीको रंग भएको निसान मेक्सिमा नजिकै फेला परेको थियो। ती दुबैलाई एकै पटक टाउकोमा गोली हानिएको थियो । मार्टन्स-ग्रिफिनका बुबा जर्ज मार्टन्सले उनको यस हप्ता विवाह गर्ने तय भएको बताएका थिए । बिहेको सट्टा आफ्नी छोरीको अन्त्येष्टि गर्नु परेको दुख व्यक्त गरेका थिए ।

बियान्डा आफ्नो साथी लिन र खोज्न डर्भिल भर्जिनिया गई रहेका थिए। मृतक कि आमाले मार्टन्स-ग्रिफिनले १६ वर्षको उमेरमा मोन्टगोमेरी काउन्टीको नर्थवेस्ट उच्च माध्यमिक बिद्यालय सकेकी र उत्तरी भर्जिनिया सामुदायिक महा बिद्यालय(कम्युनिटी कलेज)मा कम्प्युटर विज्ञान कक्षा लिई र हालसालै फेयरफ्याक्स काउन्टीमा बसाई गरि रहेकी बताएकी छिन् ।

ग्रिफिनले भनिन् कि उनले आफ्नी छोरीसँग शुक्रवार गरेको र उक्त स्थान जाने कुनै योजनाको उल्लेख गरेकी थिईनन । उनले भनिन् कि उनलाई आशा छ कि प्रहरीले उनको छोरीको हत्यारा चाँडै भेट्टाउने छ।

श्रोत :एनबिसी४ वाशिंगटन /एपी

 

प्रतिक्रिया