शुक्रबार, साउन २३ २०७७
काठमाडौं ००:४५
वासिङटन डिसी 15:00

पाँचौ युएनए सम्मेलन मे २३ देखि २५ सम्म बाल्टिमोरमा हुने ,कार्यकम स्थल छनौट

इनेप्लिज २०७६ फागुन १ गते ०:०० मा प्रकाशित

युनाईटेड नेप्लिज एसोसिएसन(युएनए )को पाँचौ सम्मेलनमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ । आगामी मे २३ देखि २५ सम्म बाल्टिमोरमा सम्मेलन गरिने भएकोले कार्यकम स्थल समेत छनौट गरिएको छ ।

उक्त सम्मेलनको लागि मेरिल्याण्ड राज्यको पाइक्सभिल शहर स्थित डब्बल ट्री हिल्टन होटल(अतिथि गृह )मा हुने भएको छ । मूल समारोह समिति ,उप समिति तथा अन्य समिति शीघ्र बनाइने र अन्य कामको सुरुवात छिट्टै सुरु गरिने सम्मेलन संयोजक अम्मर छन्त्यालले ईनेप्लिजलाई बताए ।

गत बर्ष न्यू योर्कमा मे २५ र २६ मा युएनए सम्मेलन सफलतापूर्वक सम्पन्न भएको थियो । मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा पाँचौ युएनए सम्मेलन मे २३ देखि २५ सम्म बाल्टिमोरमा हुने छ । युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातीय वा क्षेत्रीय सोचबाट मुक्त रहेको एक गैर मुनाफा सामाजिक संस्था हो ।

आगामी सम्मेलनमा बहस कार्यक्रम, साहित्य, बालबालिकाका कार्यक्रम, विभिन्न मञ्चका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना हुने छ ।।

न्यु योर्क सम्मेलनमा उर्जा मन्त्री बर्षामान पुन प्रमुख अतिथी रहेका थिए भने राजदुत डा अर्जुन कु कार्की ( विध्या वारिधी)बिशेष अतिथीको रुपमा सहभागिता जनाएका थिए।

यसै गरि एनआरएन बिश्वका पूर्व अध्यक्ष शेष घले तथा जमुना घले समेतले सहभागिता जनाएका थिए ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )का संस्थापक टेक्ससका समाजसेवी तथा सफल व्यवसायी पासाङ लामा हुन् ।

आफूलाई विश्वास गरेर जिम्मेबार सुम्पिएकोले नेपाली समुदाय कै कार्यक्रम रहेको र बिशेष गरि युवाहरुको लागि युएनए भएकोले सबै वर्ग, सबै संग सर सल्लाह गर्दै सबैलाई समेटिने सम्मेलन संयोजक अम्मर छन्त्यालले प्रतिबद्धता जाहेर गरेका छन् ।

आफ्नै कर्मथलोर आफ्नै शहरमा पाँचौ युएनए सम्मेलन सफलता बनाउन कुनै कसर नछोड्ने बताए । गत बर्ष सम्मेलनको लागि नेपालबाट गायिका इन्दिरा जोशी तथा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा आएका थिए ।

Date: May 23, 24 & 25 (Memorial day weekend)
Venue: Double Tree Hilton Hotel
1726 Reisterstown Rd, Pikesville, MD 21208

प्रतिक्रिया