शुक्रबार, साउन २३ २०७७
काठमाडौं ०१:०७
वासिङटन डिसी 15:22

मेरिल्याण्डका गभर्नर होगन द्वारा “हिन्दु बुद्ध मन्दिर”का ९ जना स्वयंसेवकहरु सम्मानित

इनेप्लिज २०७६ माघ २९ गते २३:२१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यका सशक्त र चर्चित गभर्नर ल्यारी होगनले बाल्टिमोर स्थित “हिन्दु बुद्ध मन्दिर”का ९ जना स्वयंसेवकहरु सम्मानित गरेका छन् । उनीहरुले उक्त मन्दिर निर्माण गर्न गरेको अहोरात्र खटिई ,नि:सर्त र नि;स्वार्थ भावनाले गरेको योगदानको कदर गर्दै उनीहरुलाई हौशला र उच्च मनोबल गर्न गभर्नर होगनले सम्मान गरेका हुन् ।

आफ्नो मौलिक नेपाली भाषा, साहित्य, कला, धर्म संस्कृति, चाडपर्वहरु र परम्पराहरुको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि नेपाली समुदायको आफ्नै स्वामित्व र अगुवाईमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा “हिन्दु बुद्ध मन्दिर” निर्माण अभियान संचालन भै रहेको छ।

“हिन्दु बुद्ध मन्दिर” निर्माण अभियानको कार्यले मेरिल्याण्ड राज्य कै बिकास र समृद्धिमा समेत महत्त्वपूर्ण र दिगो मद्दत पुर्याउने बिश्वास गभर्नर होगन र उप गभर्नर बोयड के रुथरफोर्ड व्यक्त गरेका छन ।

वोर्ड अफ ट्रस्टी र आजीवन सदस्यहरुको एक विशेष समारोहका बिच मेरिल्याण्ड राज्य सरकारद्वारा विशेष सम्मानका रुपमा प्रदान गरिने “गभर्नर सामुदायिक सेवा कदरपत्र” सबै ९ जना स्वयंसेवकहरुलाई विशेष कदर पत्र प्रदान गरिएको छ ।

सम्मानित हुने स्वयंसेवकहरुमा क्रमश श्रीजन ताम्राकार, रमेश श्रेष्ठ, संगम आचार्य, श्रीकृष्ण रेग्मी, अभिषेक रिजाल, मन कुमार श्रेष्ठ, दिपक रिजाल, जास्मिन दवाडी र सुदर्शन पौडेल रहेका छन्।

सम्मानित भएका स्वयंसेवकहरुले उक्त सम्मान हामी र हाम्रो मात्र नभई यस मन्दिर निर्माण अभियानमा आर्थिक, नैतिक, भौतिक लगायत विभिन्न रुपले सहयोग गर्ने सम्पुर्ण नेपालीहरुको गौरव र सम्मान हो भनेका छन् ।

मेरिल्याण्ड राज्य सरकारबाट “हिन्दु बुद्ध मन्दिर” संचालनको लागि पुर्णत् स्वीकृति प्राप्त गरि आवश्यक सम्पूर्ण कानूनी प्रक्रियाहरु पूरा गरिसकेको छ । साथै प्राप्त इजाजतपत्रले मन्दिर पूर्ण रुपमा संचालन गर्न कुनै बाधा अवरोघ नरहेको जानकारी समेत मन्दिर व्यवस्थापनले जनाएको छ ।

थप जानकारीका लागि सम्पर्क;

स्थान: हिन्दु बुद्ध मन्दिर, 12231 Harford Rd
Glen Arm, MD 21057

प्रतिक्रिया