बुधबार, असोज ६ २०७८
काठमाडौं २०:३६
वासिङटन डिसी 10:51

अमेरिकी प्राथमिक निर्वाचनमा न्यू ह्याम्सरबाट स्यान्डर्सको बिजयी ,उनले भने यो जित ट्रम्पको अन्त्यको सुरुवात हो

इनेप्लिज २०७६ माघ २९ गते ११:५८ मा प्रकाशित

अमेरिकी प्राथमिक निर्वाचनमा न्यू ह्याम्सरबाट बर्नी स्यान्डर्सको बिजयी भएको छ । उनले कूल २५.९ प्रतिसत (२६ )प्रतिसत मत प्राप्त गरेका छन् । पूर्व सर्वेक्षण अनुसार उनले नै जित्ने र उनको पक्षमा मत आउने अनुमान गरिएको थियो भने जुन सत्यमा परिणत भयो ।

तर अमेरिकी पूर्व उप राष्ट्रपति समग्र राष्ट्रिय सर्वेक्षणमा अग्रणी स्थान संचार माध्यममा भनि रहदा मतदानमा उनलाई ठुलो झड्का लागेको छ । उनि ५ औ स्थानमा परेका छन । उनको प्रस्तुति अपेक्षा अनुसार हुन् नसकेको कारण मतदाताले नया अनुहार तर्फ मोडिएका छन् ।

बर्निले आफ्नो बिजयी संगै यो जित ट्रम्पको अन्त्यको सुरुवात हो भने बिजयी भाषण गरेका छन् । हाल सम्म बर्निका डेलिगेट(प्रतिनिधि) २१ जना छन् भने दोश्रो स्थान हासिल गरेका पिट बुगाईगको २३ जना भएका छन् । पिटले आश्चर्यजनक प्रस्तुति गर्दै सबैलाई चकित बनाई दिएका छन् । र दिनहु उनको चर्चा परिचर्चा हुदै छ भने अत्यन्तै राम्रो प्रस्तुति र विचार पस्कने सक्ने डेमोक्रेटिक दलको तर्फ राष्ट्रपतिका सशक्त उम्मेदवार हुन् ।

प्राथमिक निर्वाचनको पहिलो मतदान न्यू ह्याम्सरमा भएको छ भने यस पछि साउथ क्यारोलाइना र नेभादामा हुने छ । प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले यही राज्यमा सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेका थिए।

स्यान्डर्सले समर्थकहरूलाई सम्बोधन गर्दै भने, “न्यू ह्याम्पसायरका जनतालाई ठूलो जितका लागि धन्यवाद दिन चाहन्छु।” दोस्रो स्थानमा रहेका इण्डियाना राज्यका पूर्व नगर प्रमुख र खुला समलिंगी राष्ट्रपतिका उम्मेदवार पीट बुटिगीगले २४ प्रतिशत मत पाएका छन् ।

यसै गरि बिगत बर्ष भन्दा नयाँ अनुहारका उम्मेदवारमा सशक्त र होनहार महिला उम्मेदवार उदारवादी सोचकी सिनेटर एमी क्लोबुसरले २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन्। सिनेटर एलिजाबेथ वारेन करिब ९ प्रतिशत मतका साथ चौथो स्थानमा छन्।

एमीले रातारात आफ्ना मतदातालाई आफ्नो प्रभावकारी विचार र योजना पस्के पछि उनि तेश्रो स्थानमा उक्लिएकी हुन् । अत्यन्तै गहन र राम्रो विचार राख्न सक्ने उनले डोनाल्ड ट्रम्पलाई हराउने भनिन ।

प्रतिक्रिया