बिहीबार, फागुन १५ २०७६
काठमाडौं ०९:२४
वासिङटन डिसी 22:39

हजुरबुवाहजुरआमा टेक्सस आउँदा नातिनातिनीले दोहोरो नेपाली भाषा फरर बोल्न सक्ने

विजय थापा २०७६ माघ २८ गते २३:२७ मा प्रकाशित

डिसी । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापित चर्चित गैर मुनाफा सामाजिक सँस्था नेपाली समाज टेक्सस(एनएसटि)ले अमेरिकामा जन्मेका तथा सानैमा अमेरिका आई पुगेका बालबालिकाहरुको लागि नेपाली भाषाको कक्षा संचालन सुरु गरेको छ ।

पहिले पहिले अमेरिका आएका हजुरबुवा र हजुरआमा नातीनातिनीहरुले नेपाली बोल्न नसके पछि अमेरिका आउन कम रुचि राख्ने गरेता पनि हाल अमेरिका भर नेपालीहरुले नेपाली भाषा पाठशाला संचालन गरे पछि उक्त समस्या समाधान भएको छ । र हजुरबुवा र हजुरआमाहरु को बसाई र आउने क्रम बाक्लिदै गएको छ किनभने अब नातीनातिनी संग नेपाली भाषामा बोल्न सकिने अवस्था भै सकेको छ ।

यसै क्रममा अब टेक्ससमा आएका हजुरबुवा हजुरआमालाई सरल हुने भएको छ । निर्धक्कसाथ नातिनातिनीसंग नेपाली भाषा मै दोहोरो कुराकानी फरर गर्न पाइने भएको छ । यो वातावरण बनाउने र तारतम्य मिलाउने काम नेपाली समाज टेक्सस(एनएसटि)ले गरि दिएको छ ।

आगामी ३ महिना सम्म नेपाली समाज टेक्सस राज्यको ड्यालसको अर्भिङमा नेपाली भाषाको कक्षा संचालनमा गत आइतबार देखि सुरु भएको छ । त्रैमासिक अर्थात् ३ महिना सम्म संचालन हुने कक्षामा अमेरिकामा जन्मेका दोश्रो पुस्ता र सानोमा अमेरिका आएका बालबालिकाले नेपाली भाषा ,पढ्ने ,लेख्ने ,व्याकरण, गणित, नैतिक शिक्षा ,नेपाली संस्कृति लगायत सिकाईने नेपाली पाठशालाका प्राचार्य विजयराज भट्टराईले ईनेप्लिजलाई बताएका छन् ।

त्यति मात्र हैन नेपालको बारेमा उनीहरुलाई बिभिन्न चिजहरुको ज्ञान दिइने छ । त्यसको अतिरिक्त नेपाली चाडपर्वहरु दशै ,तिहार ,तिज,रक्षा बन्धन लगायत नेपाली खाना आदी ईत्यादी बारेमा समेत जानकारी दिईने र मन्दिर परिसरको सभाकक्ष भित्र पाठशाला संचालन भै रहेको भट्टराईले बताए ।

पाठशालामा ५ देखि १३ वर्ष उमेर समुहका करिव २०० जना बालबालिका रहेका छन् भने समय व्यवस्थापन गर्दै समुदायका पुरुष तथा महिलाले स्वयंसेवकको रुपमा बिद्यार्थीहरुलाई पढाई रहेका छन् ।

पाठशालाका प्राचार्य भट्टराईले ३ महिनाको पढाई पछि बालबालिकाले धेरै कुरा सिक्ने कुरामा आफू बिश्वस्त भएको बताए । गत आइतबार सम्पन्न बिधार्थी संग भएको अन्तरक्रिया कार्यक्रममा नव निर्वाचित अध्यक्ष दिनेश शर्मा लगायतले नेपाली भाषा कक्षाको बारेमा बोलेका थिए ।

प्रतिक्रिया