फागुन १६ मा हलभरि ‘धुलो’, हेर्नुस् फस्र्टलुक

इनेप्लिज २०७६ माघ २८ गते १२:१९ मा प्रकाशित

काठमाडौं,२८ माघ

समाजीक बिषयमा निर्माण गरिएको ‘धुलो’ फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्म फागुन १६ गते दर्शकमाझ आउने छ ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा,प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।
सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सहनिर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।

निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै ममस्पर्शी कथामा निर्माण गरिएकाले सबै नेपालीले हेर्नुपर्ने बताउछन् । भन्छन्, ‘मैले कन्टेन्टमा फिल्म बनाएको छु । त्यसकारण हरेक नेपालीले मन पराउनुहुन्छ भन्ने बिश्वास छ ।’ फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया