समाजको भित्री ब्यथा समेटिएको ‘घर विगारा ’ भिडियो सहित ।

इनेप्लिज २०७६ माघ २६ गते १२:०५ मा प्रकाशित

काठमान्डौ,

नेपाली समाजको मौलिक लोक भाकामा आधारित गीत संगीतहरु संगीतिक बजारमा कम मात्रामा आइरहेको अवस्थामा मौलिक गीत जर्गेना गदैँ गायक सञ्जय श्रीपाल , रेसम सापकोटा , प्रेम दिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा ’गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।दिनेश खनालको छायाँकन , निराजन केसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । ‘घर विगारा ” गीतको भिडियोमा सञ्जय , सेरु र रेखाको अभिनय देख्न सकिन्छ ।

‘घर विगारा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?time_continue=1&v=MnU7PDCdA3E&feature=emb_logo

प्रतिक्रिया