शुक्रबार, साउन २३ २०७७
काठमाडौं ००:२०
वासिङटन डिसी 14:35

क्रिकेटमा नेपालले अमेरिकालाई हरायो

इनेप्लिज २०७६ माघ २५ गते ११:५८ मा प्रकाशित

बिश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई हराएको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिका माथि जित हासिल गरेको हो ।

नेपालले घरेलु मैदानमा भएको एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको हो । नेपालले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा पुरा विकेट गुमाउँदै १५५ रनमा समेटियो।

६५ रनको स्कोरमा ७ विकेट गुमाइसकेको अवस्थामा इयान होलान्ड र क्यामरुन स्टेभसनले अमेरिकाका लागि गतिलो साझेदारी गरेका थिए । उनीहरुले आठौँ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।

होलान्डले अमेरिकाका लागि सर्वाधिक ७५ रन बनाए । त्यस अतिक्ति क्यामरुन स्टेभेन्सनले १९ र करिमा गोरले १० रन बनाए । नेपालका लागि करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे ।

कुशलले ५० र विनोदले ५९ रनको महत्वपुर्ण योगदान गरे। बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन्।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी समेत बने।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो ।

प्रतिक्रिया