कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना

इनेप्लिज २०७६ माघ २४ गते २३:०२ मा प्रकाशित


धरान / हंगकंगमा बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारि आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।” मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको ” बोलको प्रेमिल गीतमा अभिनय पनि गायक स्वयमको रहेको छ ।

प्रेमिकाको सम्झना गर्दै गाईएको गीत मनोज चामलिंग को निर्देशन तथा छायांकनमा तयार भएको हो ।भ्यालेन्टाईन डेको पुर्व सन्ध्यामा उक्त म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल बाट रिलिज गरिएको छ । केहि महिना अगाडी मात्र उनले ” मत कुनै फुल” बोलको आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

बिस्तारै आफ्ना अन्य गीतहरुको पनि म्युजिक भिडियो बनाउदै लाने गायक कबि बताउंछन ।

म्युजिक भिडियो लिंक

प्रतिक्रिया