बिहीबार, फागुन १५ २०७६
काठमाडौं १०:०१
वासिङटन डिसी 23:16

अन्तरास्ट्रिय नेपाली साहित्य समाज – मिजौरी च्याप्टरले गर्यो नेपाली पाठशाला स्थापना ।

इनेप्लिज २०७६ माघ २३ गते २:१० मा प्रकाशित

ॐ सरस्वती मया दृष्ट्वा, वीणा पुस्तक धारणीम् ।

हंस वाहिनी समायुक्ता मां विद्या दान करोतु में ॐ।

नेपाली भाषा र संस्कृतिको अध्ययन अध्यापन लगातार गराइने उद्देस्यका साथ अनेसास मिजौरी च्याप्टरको तर्फ बाट नेपाली पाठशालाको स्थापना फेब्रुअरी १ शनिबारका दिन विद्याकी देबी सरस्वतीको विशेस दिन – ऋीपन्चमी लाई सम्झीदै र सरस्वतीको बन्दना सहीत भएको शहर्ष जानकारी मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नुभएकोछ।

उक्त पाठशाला बाट पहिलो दिनको अध्यापनको शीलसीलामा अनेसास बारे र नेपाली भाषाको बृहत् महत्व प्रवासमा र प्रवासीमा  साथै अध्यापनको पाठ्यक्रम तैयार गरीदै गरेको कुराको पनि मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले जानकारी गराऊनुभएकोछ।

कार्यक्रमको अन्तिममा अँध्यारोबाट उज्यालोतिर वा असभ्यता बाट सभ्यतातिरको अर्थमा विद्याकी देवीकी प्रतिक माता सरस्वतीकोशक्तिले संसारमा सबैमा एकआपसमा माया, प्रेम,करुणा र सद्भावको भावना जागृत गराउन सकोस् भन्दै सहभागी सबैबाट नेपाली राष्ट्रीय गान गाईएको थियो। गायनपछि सहभागी सबैलाई च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया