अमेरिकामा जिम्दो मान्छेको खोजी

सच्ची मैनाली २०७६ माघ २३ गते ०:५७ मा प्रकाशित

भूमिगतरुपमा अमेरिकामा बस्ने एक कुपात्र ‘सीधा कुरा’ नामक फेसबुक आईडीबाट अमेरिकामा बस्दै आएका अल्पसंख्यक नेपाली समुदायहरु माथि केहि बर्ष देखि नै बिना आधार चरित्र हत्या र गालि गलौज गर्दै आतंकित बनाउदै रमाउॅंदै आइरहेको छ ।

व्यक्तिहरु मात्रै होइन प्रतिष्ठित संस्थाहरु पनि छद्मभेषीकाे चरित्र हत्याका शिकार भएका छन् । समाजका लब्ध प्रतिष्ठित, नाम चलेका ब्यवसायी, पत्रकार, नाम चलेका अमेरिकाका वकिल, महामहिम राजदूत मात्रै हैन के साधारण मान्छे? के रबी, के कवि सबै बर्ग तह र तप्काका मानिसहरु यो छद्मभेषी कुरुप पात्रबाट पीडित थिए र अझै पीडित छन्। रोग यस कुपात्रलाई लागेको छ तर त्यसको रोगले पीडित भएका छन् अमेरिकामा आफ्नो ईमानमा अडेर पेशा, व्यवसाय र समाजसेवामा लाग्ने नेपालीहरू ।

महामहिम राजदूत मात्रै हैन के साधारण मान्छे? के रबी, के कवि सबै बर्ग तह र तप्काका मानिसहरु यो छद्मभेषी कुरुप पात्रबाट पीडित थिए  ।

को कसको अंगालोमा पर्यो? कसको सम्बन्ध को संग छ? को – को संग सुत्यो? कहिले सुत्यो ? कहिले उठ्यो ?

को कसको अंगालोमा पर्यो? कसको सम्बन्ध को संग छ? को – को संग सुत्यो? कहिले सुत्यो ? कहिले उठ्यो ? 

त्यसले यो किन गर्यो ? त्योकिन गरेन ? त्यो नगर, मैले भनेकै जस्तो गर । गर्छस् भने गर् , होइन भने मेरो तुच्छ शब्दहरुले मर । म सबैलाई तर्साउॅंछु, रकम झर्ने संगझार्छु नझार्ने लाइ छोरी कुटेर बुहारी तर्साए झैं तर्साउॅंछु भन्ने खालको त्यस छद्मभेषीको अहिले सम्म देखिएको क्रियाकलाप हो । अभिव्यक्ति स्वतन्त्रता को नाममा अर्काको बेड देखि किचेन सम्मका कुरा लेखेर निराधार रुपमा छाडा छोडेको साढे जस्तो कलम दौडाउनेत्यस छद्मभेषीलाई धेरैले मानसिक रोगिको संज्ञा दिएका छन्।

त्यो छद्मभेषी को हो त ? त्यो छद्मभेषीको नाम बिनोद कुमार नेपाल हो जो लुकिलुकी हिंड्छ । समाजमा शिर ठाडो पारेर आफ्नो उपस्थिति देखाउने आंट र हैसियत सम्म राख्दैन । आफ्नो थात ठेगाना बदलेर भागिभागि हिंड्छ, लाटोकोसेरो झैं रातभर जागेर, अंध्यारोमावसेर अनर्गल लेखेर विकृत मनका विकारहरूले नेपाली समूदायलाई फोहोर पार्न उद्यत भैरहन्छ !


विभिन्न व्यक्तिहरुलाई निशाना बनाउने क्रममा त्यसले मानब तस्कर भनेर लेखेको संचारकर्मी रबि लामिछानेले आज नेपाली समाज रदेशलाइ योगदान दिएर सर्वप्रिय बनेका छन् ।

यो विकृत विचारको थैलो विनोद भने यी सारा नेपालीलाइ सत्तो सराप गरेर मनोरोगी झैं दिनरात अनर्गल, असत्य र भ्रामक कुरा लेखेर विकारपूर्ण औकात देखाउॅंदैछ । तर यस मनोरोगीलाई उपचार गरी निको पार्न सक्ने जिम्दोमान्छे अहिले सम्म अमेरिकामा देखिएनन् ।

धेरै राज्यहरूमा भाग्दै, लुक्दै अहिले न्यू ह्याम्शायर राज्यमा बसेर ५० सै राज्यको मात्रै नभएर अन्यत्रको समाचार थाहा पाउने हैसियत यसछद्मभेषीको कसरी भयो, यो सोचनीय छ । यसले सबै कुरा आंखाले देखेजस्तो गरी झूठो र अनर्गल कसरी लेख्छ त ?

यसले सुचना पाउने भनेको यहि हाम्रै समाजमा ठॉटिएर नेता र नेत्री भएर हिंड्ने, अभियन्ता बनेर हिंड्नेअनि खादा, माला र भाषण भनेपछि ज्यानै फालेर दौडिने पिंध विनाका लोटा जस्ता नामका भोका र पदका भोका भएका समाज भंडुवाढोंगीहरूबाट हो । आफ्नो ब्यक्तिगत स्वार्थको निम्ति समाजमा फॉटो ल्याउने, आफ्नो बिपक्षिलाई कसैले गाली गर्दा ताली पिट्ने ररमाउनेहरूको बाहुल्यता भएकै कारण यस्त छद्मभेषी खलनायकले घरमै बसीबसी सूचना पाउने हो ।

समाजमा अभियन्ताको खोल ओढेर हिंड्ने दोहोरो चरित्र भएका मनोरोगीहरू र समाजमा गन्दगी फैलाउनेहरू नै त्यस्ता छद्मभेषीकासूचनाश्रोत हुन् । त्यस छद्मभेषीलाई कानूनी दायरामा ल्याएर फोनको कल डिटेल्स केलाउने हो भने सबैको पोल मजाले खुल्न सक्छ ।

यो विकृत विचारको थैलो विनोद भने यी सारा नेपालीलाइ सत्तो सराप गरेर मनोरोगी झैं दिनरात अनर्गल, असत्य र भ्रामक कुरा लेखेर विकारपूर्ण औकात देखाउॅंदैछ ।

तिललाई पहाड बनाएर, भएको कुरालाई पनि बंग्याएर , नभएको कुरालाई बनाएर गाली गलौज गर्नमा यो कुपात्र माहिर छ ।

सबैभन्दा गज्जब त के मा लाग्छ भने ५०० भन्दा बढि दर्ता भएको संघ संस्था भएको यो नेपाली अमेरिकी समाजमा पिकनिक जान, अन्यकार्यक्रम गर्न, खादा माला लाउन, भाषण गर्न , पद पाउन ,आत्मसम्मान र स्वाभिमान त के ज्यानै फालेर लागीपर्ने , एउटा स्टेटबाटअर्को स्टेट दौडिनेहरूले यस्तो सम्पुर्ण समुदायलाई नै असर पार्ने छद्मभेषीको यस्तो संवेदनसिल क्रियाकलापलाई किन थाहा नपाए झैंगरिरहेकाछन् ? यो बडो आश्चर्यलाग्दो देखिन्छ । हुनत कतिका आफ्नै बाध्यता होलान् । पहिले त्यहि मनोरोगीको समाचारदातारहिसकेकाहरूले फेरी अहिले कसरी त्यसकै बिरूद्द बोल्नु? आफ्नै बिरूद्द नानाभॉती लेख्दा पनि मुखमा बुझो लगाएर बस्नुपर्ने बाध्यता तहोईन ? केही वोलिहाल्दा त्यस छद्मभेषीले आफ्नै पोल खोलीदेला भन्ने डर त होईन ? त्यसैले तैं चुप, मै चुप भएका त होईनन् ?

केही वोलिहाल्दा त्यस छद्मभेषीले आफ्नै पोल खोलीदेला भन्ने डर त होईन ?

सम्पुर्ण गैर आवासिय नेपालीका लागी के के न गर्छौं भनेर कुर्लिने नेता र नेतृहरू पनि किन मौन छन् ? सारा नेपाली समुदायका लागियोगदान गर्छु भनेर कसम खानेहरू अर्काको लागी गर्छौं भन्नेहरु आफ्नो बिषयमा जथाभावि लेख्दा भने चुईंक्क सम्म गर्न किन सक्दैनन् ? यो आश्चर्यलाग्दो देखिन्छ ।

छरिएर पोखिएका मात्रै होईन खोजी, खोजी समाजका बिकृति, बिसंगति बिरूद्द लेखेर जनता र समुदायको आवाज बोल्नु र लेख्नुपर्नेपत्रकारहरू पनि किन चूप छन् ? क कसले लेखे? पत्रकार तथा लोकगायक रामप्रसाद खनालले भने केहि पक्कै गर्नुभएको रहेछ ।(लिंकतल हेर्नुहोला) । त्यसैगरी अन्य केहि मुद्दाहरू त परेकै हुन् तर त्यसबाट पनि छद्मभेषी धारण गरेकै कारण ति कुपात्र उम्किन सफल भए ।

पत्रकारहरूकै संस्था नेजा अझ त्यो भन्दा ठुलो नाम गरेको अन्तराष्ट्रीय पत्रकार संघ ईन्जा सबै बिचरा भएका हुन् ? यस्ता छद्मभेषीको दुष्ट्याईं हेरिरहनका लागि मात्र हुन् ?

यस्तो समुदायलाई आतंकित पार्ने, चरित्र हत्या गर्नेहरूको बिरूद्द बोल्नु वा कुनै कदम चाल्नु बिभिन्न संघ संस्थाहरूको अधिकार क्षेत्र रउद्देश्यमा नपर्ने पो हो कि ? नेपाली समुदायले थाहै नपाएका निकै ठुला भीषण योजनाहरूमा ब्यस्त भएर पो होकि? हैन भने बिभिन्नसंस्थाहरूमा पद ओगटेर वस्ने समाजका नेतृत्वकर्ताहरूले यस्ता छद्मभेषीहरूलाई कानूनी दायरामा ल्याउन किन सक्दैनन्?

हाम्रो समुदायमा उच्च ज्ञान हासिल गर्नु भएकाहरू, कानुन बुझ्नु भएकाहरू, बिगतमा धेरै राम्रा कामहरू गरेर देखाई सक्नु भएकाहरू पनि हुनुहुन्छ । यो बिषयलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर बुझ्नु भएका र हिम्मत पनि भएका नेपालीहरू पनि हुनुहुन्छ । तर पनि यसमा कसैलेकिन चासो नदिनु भएको हो ? हुन त हाम्रो समाज पनि अलिकति पर पीडक समाज हो । त्यसैले जे भईरहेको छ त्यसमा यहिं भित्रकाले निकै आनन्द लिईरहेका होलान् ! तर यसरी आनन्द लिने बिषय होईन र समय पनि होईन ।

अमेरिका जस्तो कानुनी राज्य भएको देशमा बसेर पनि नेपाली समुदायलाई आतंकित पार्दा पनि यो लुकेर लेख्ने छद्मभेषीलाई किन कानूनी कारवाहीको लागि पहल हुँदैन ? किन कोही समाजका अगुवा अगुवाई गर्नतयार हुदैनन्?

किन कोही समाजका अगुवा अगुवाई गर्नतयार हुदैनन्?

हाम्रो समुदायका नेतृत्वकर्ताहरू कायर त पक्कै छैनन् ।फेरि सबै नामर्द पनि पक्कै होइनन। त्यसोभए किन केहि पनिछैनन्?

घरदेश छोडेर परदेशमा आएका नेपालीहरु हामी एकढिक्का भएर बस्नु पर्नेमा समाजका यस्ता छद्मभेषीका कारण झनै विभाजितकिनभएका छौ? आफ्नो वरिपरि भएको र बढ्दै गरेको विकृति , बिसंगति देख्दा प्रश्न गर्न मन लाग्छ, हामी जिउँदा त छौं ? कि जिउँदा लाश मात्रै हौं?

कि जिउँदा लाश मात्रै हौं ?

अमेरिकाको सम्पूर्ण नेपाली समुदायसॅंग मेरो प्रश्न छ; यो समाजमा एउटा कोही जिम्दो मान्छे छ जस्ले यस्ता छद्मभेषीको नकाव उतारोस्र त्यसले गरेको कायरतापूर्ण कर्मको फल चखाओस् ! हजुर अमेरिकी नेपाली समाज त्यस्तो जिम्दो मान्छे खोजीरहेछ ।

हजुर अमेरिकी नेपाली समाज त्यस्तो जिम्दो मान्छे खोजीरहेछ ।

अन्याय गर्नु मात्र अपराध होईन, अन्याय सहनु पनि अपराध हो, अन्यायको खुलेर बिरोध गरौं । संसारले दुःख भोग्नुको कारण: खराबव्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो । त्यसैले बोलौं। हामी मौन हुनाले छद्मभेषीहरूको मनोवल बढेको छ । त्यस्ता दुष्टमनोवलहरुलाई धराशायी वनाऔं ।

अमेरिकाको नेपाली समाज छद्मभेशी हुतिहारालाई परास्त गर्नका लागि यौटा जिम्दो मान्छे खोजिरहेछ ! कोहि छ ?

यो सबै भनाईहरूको आधिकारिक पुष्टिको तलको लिंकहरू हेर्नुहोस् ।

http://www.nepalmother.com/2015/04/blog-post_23.html

नकावधारी सीधा कुराको फेसबुक लिंक

https://www.facebook.com/sidhaakura

संचारकर्मी रबी लामिछानेको जवाफ पनि हेर्नुहोस – Screen shot attached

Vinod Kumar’s photo attached :

प्रतिक्रिया