बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:३२
वासिङटन डिसी 13:47

लंगआईलेण्डमा वृहत रक्तदान हुँदै।

इनेप्लिज २०७६ माघ २२ गते ११:०७ मा प्रकाशित

न्यूयोर्क स्थित नेपाली जनसंपर्क समिति लंगआईलेण्ड शाखाको आयोजनामा आगामी फ्रेवरी ९ आईतवारको दिन हिक्सभिलको रहेको व्रडवे मल सपिंग सेन्टरको को लवीमा वृहत रक्तदान कार्यक्रम गरिने भएको छ, नेपाली कांग्रेसको संगठन भए पनि लंगआईलेण्ड शाखाले पार्टी सँग सम्वन्धित कार्यक्रम का अतिरिक्त रक्तदान, खेलकूद, सरसफाई,सामुदायिक छलफल जस्ता समाज सँग प्रत्यक्ष सम्वन्धित रचनात्मक कार्यक्रम वर्षेनी गर्ने गर्दछ।

यसै अन्तर्गत विगत ५ वर्ष देखि व्लड वैंक सँग समन्वय गरी लगातार रक्तदान कार्यक्रममा गर्दै आएको छ । उक्त रक्तदान कार्यक्रममा लंगआईलेण्डका अतिरिक्त न्यूयोर्क क्षेत्र वरपरका नेपाली रक्तदाताहरू सहभागी हुनेछन।

रक्तदान लाई व्यवस्थित र प्रभावकारी वनाउन शाखाका महासचिव विनिता भूजेलको सयोजकत्वमा गठित नासु र सफोक काउन्टी क्षेत्र समेटिएको ९ सदस्यीय रक्तदान समन्वय समिति सकृय रहेको छ।

समिति का सदस्य हरूमा विदुर साप्कोटा,दिनेश डाॅगी, विकास काफ्ले,पूर्ण छन्त्याल,थमन पुन,निराजन खड्का,सुमन वाँस्तोला र विश्व तिवारी रहनु भएको छ।  गत सालको कार्यक्रममा ८४ जना नेपालीले रक्तदान गर्नु भएको र यो पटक पनि तेतिकै संख्यामा रक्तदान हुने अपेक्षा रहेको शाखा सभापति विश्वराज वाँस्तोलाले वताउनु भयो।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसंपर्क समिति अमेरिका सभापति आनन्द विष्ठ,पूर्व संयोजक विष्णु सुवेदी,महासचिव मुनेन्द्र नेम्वांग लगाएत जनसंपर्क समिति अमेरिकाका पदाधिकारी,केन्द्रीय सदस्यहरू,न्यूयोर्क च्याप्टरका सभापति सहित च्याप्टर सँग सम्वन्धित नेता एवं कार्यकर्ता, न्यूयोर्कमा रहनु भएका विविध सामाजिक संघ संस्थासँग आवद्व रक्तदाता महानुभावहरू तथा लंगआईलेण्ड समाजका अगुवाहरूको सकृय सहभागिता रहने छ।

प्रतिक्रिया