इनास युरोप महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता म्युनिखमा

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७६ माघ २२ गते १०:२३ मा प्रकाशित
“Service to humanity through art and culture” भन्ने मुल नारा बोकेर ३७ देशमा सक्रिय र ७३ वटा शाखा खोलेको अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज इनासले युरोपमा आठौं एकल नृत्य प्रतियोगिता र पाचौं गायन प्रतियोगिता यस पटक जर्मनीको म्युनिख शहरमा अप्रिल ३ र ४ तारिखमा गर्दैछ।
तेह्र वर्ष पुगेका वा त्यो भन्दा माथिका नेपाली भाषी कलाकारले यस प्रतियोगितामा भाग लिन पाउनेछन् र प्रतियोगितामा भाग लिनको लागि निःशुल्क फारम राष्ट्रीयस्तरका इनास शाखा वा सम्बन्धित व्यक्तिसंग सम्पर्क गरी प्राप्त गर्न सकिनेछ । हरेक युरोपिय देशबाट नृत्य र गायनतर्फ बढीमा दुई/दुई र तेह्र वर्ष पुगेका कलाकारले भाग लिन पाउनेछन। उक्त प्रतियोगितामा संस्थागतरुप(स्थानीय संघसंस्थाका कलाकारहरुले) समेत सहभागिता जनाउन पाइनेछ तर संस्थागतरुपमा सहभागी हुदां संघसंस्थाको पत्र आवश्यक पर्दछ ।
आवेदन फारम निःशुल्क प्राप्त गर्न सकिने उक्त प्रतियोगिताको आवेदन शुल्क ५० युरो तोकिएको छ, उक्त रकम कुनै कारणवश कार्यक्रममा सहभागी नभएमा फिर्ता हुनेछैन। प्रतियोगितामा सहभागी कलाकारलाई अप्रिल ३ र ४ गते खानेबस्ने सुविधा इनास ग्लोबलले प्रदान गर्दछ भने बांकी सम्पुर्ण खर्च कलाकार स्वंयमले गर्नुपर्छ।

विभिन्न मुलुकले अडिसनको नाम आफैले अडिसन शुल्क तोकेपनि इनास ग्लोबलले आफ्नो आधिकारिक वेबसाइटमा सबै नियम सार्वजनिक गरेपनि अडिसन र अडिसन शुल्क बारेमा कुनै सुचना वा नियम जारी गरेको छैन र कार्यक्रमसम्बन्धी सम्पुर्ण नियम इनास ग्लोबलको आधिकारिक वेबसाइटhttps://www.inas.global/portal/news/1591/मा पुष्प बरुवालद्धारा मिती २० जनवरी २०२० लिखित समाचारमा पढ्न सकिनेछ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया