यी हुन् ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

इनेप्लिज २०७६ माघ २१ गते १२:२९ मा प्रकाशित

ईटहरी/ एल एन्ड सि मोडल एजेन्सी ईटहरीले आयोजना गरेको “सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को यतिबेला धमाधम तालिम संचालन भैरहेको छ । तालिम संगै सहभागी साना साना बालबालिकाहरुले नेपालका चर्चित सेलिब्रेटिहरुसंग पनि भेट गर्ने मौका पाईरहेका छन् । यस्तैमा सहभागी बालबालिकाहरुको फोटोसुट र प्रोमोसनल भिडियो छायांकन पनि सम्पन्न भएको छ । ईटहरिको तालातालैयामा फोटोसुट र ओसियन पार्कमा भिडियो छायांकन भएको हो । यतिबेला सहभागी २६ जना बालबालिकाहरुलाई ‘मल्टिमिडिया अवार्ड’को लागि सामाजिक संजालमा भोटिङ्ग प्रक्रिया सुरु गरिएको छ । कम्पनीको फेसबुक पेज ‘एलएण्डसी मोडल एजेन्सी’ मा २६ जनाकै तस्वीरलाई पोस्ट गरिएको छ ।

जहा सर्बाधिक लाईक र शेयर हुने प्रतिष्पर्धिलाई फाईनल कार्यक्रममा ‘मल्टिमिडिया अवार्ड’ प्रदान गरिने छ । फागुन ३ गते ग्रान्ड फिनाले हुने कार्यक्रमको यहि माघ २५ गते धरान स्थित होटल गजुर प्यालेसमा ट्यालेण्ट हुने भएको छ । गत पुष २६ गते सनिबार ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्ट र माघ ४ गते सनिबारका दिन धरानमा अडिसन सम्पन्न भएको थियो । सहभागी २६ जना बालबालिकाहरुलाई विभिन्न ज्ञानबर्दक तालिमहरु प्रदान गरिरहेको छ भने संगीता चौधरीले र्याम्प वाल्कको प्रशिक्षण गराईरहेकी छन् । यस भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ ।

सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको एजेन्सीका सिइओ दिपक गिरीले बताए । कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन । फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् ।

डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् । बिजेता ब्वाईज-गर्ललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० / १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया