बिहीबार, फागुन १५ २०७६
काठमाडौं ०८:०९
वासिङटन डिसी 21:24

तीन श्रष्टालाई वासु शशी तथा कुमार-सरस्वती पुरस्कार तथा सम्मान दिइने

इनेप्लिज २०७६ माघ १९ गते २०:०१ मा प्रकाशित

२ फरवरी, काठमाडौं । वासु शशी स्मृति परिषदको हालै वसेको वैठकले तीन स्रष्टालाई सम्मान तथा पुरस्कारकाे घोषणा गरेको छ । बैठकको निरणय अनुसारवरिष्ठ लेखक तथा समाजसेवी कर्ण शाक्यलाई “वासु शशी साहित्य सम्मान–२०७६” कवि तथा आख्यानकार ईन्दिरा प्रसाईलाई “वासुशशी साहित्य पुरस्कार–२०७६” र साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ राेदनलाई ”कुमार-सरस्वती साहित्य पुरस्कार–२०७६” प्रदानगरिने भएको छ ।

लेखक शाक्य विगत चार दशकदेखि नेपाली भाषा साहित्य तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण याेगदान दिंदै आउनु भएकाे छ । उहाँकाDolpo, the world behind the Himalaya(1977), Teles of Kathmandu (1979), Presarvation Pays(1983), Look down not up (1983)जस्ता ॲंग्रेजी भाषाका कृतिहरूका साथै साेच(२०६१), खाेज(२०६६), माेज, म सक्छु, काेष(२०७५) झण्डै एक दर्जनकृति प्रकाशित छन् । उहाँ ‘उत्तम शान्ति पुरस्कार’, प्रवल गाेरखा दक्षिणबाहु लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नुभएकाे छ ।

साहित्यकार प्रसाई विगत साढे तीन दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण याेगदान दिंदै आउनु भएकाे छ । उहाँका कविता, कथा, उपन्यास , सम्पादन सहित दुई दर्जन भन्दा बढि साहित्यिक कृतिहरु प्रकाशित छन् ।

उहाँ ‘राष्ट्रिय युवा वर्ष माेती पुरस्कार’, ‘मैनाली कथा पुरस्कार’, राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘राष्ट्रिय गाैरव युवा सम्मान’, ‘प्रवल गाेरखादक्षिणबाहु’, ‘भानुभक्त’ सम्मान लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएकाे छ ।

साहित्यकार राेदन विगत तिन दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्य तथा पत्रकारिताक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनुभएको छ । उहाँका निवन्ध, कविता, लघुकथा सम्पादन सहित एक दर्जन भन्दा बढि साहित्यिक कृर्तिहरु प्रकाशित छन् । उहाँ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘उत्तम शान्ति पुरस्कार’, ‘प्रतिभा युवा सम्मान’, ‘राष्ट्रिययुवावर्ष माेती पुरस्कार’, ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’ लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएकाे छ ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले साहित्यकार त्रय शाक्य, प्रसाई र राेदनलाईसर्वसम्मतिले सम्मान गर्ने निर्णय गरेकाे हाे । उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८४औं जन्म जयन्तीकोअवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने र पुरस्कारको राशी रू. २५,०००।(पच्चिस हजार) रहेको परिषदका सचिव प्रद्युम्न जोशीलेवताउनु भयाे ।

वासु शशी साहित्य पुरस्कारबाट यस अघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेमहमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गाेविन्द गिरी प्रेरणा र सैलेन्दुप्रकाश नेपाल पुरस्कृत भइसकेका छन् । त्यसैगरीवासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जाेशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पनाप्रधान र श्रेष्ठ प्रिया पत्थर सम्मानित भइसकेका छन् ।

वासुशशी आधुनिक नेपाली कविताका एक शिर्षस्थ प्रतिभा थिए । उनका “विशौं शताव्दीको गीत” प्रसिध्द कविता हो । मूलत कविशशीका उपन्यास, नाटक पनि उत्तीकै प्रभावशाली मानिन्छ् !

प्रतिक्रिया