न्युयोर्कका युवा गायक रोकेश गुरुङको “थाकी सके ” गीत सार्वजनिक

विजय थापा २०७६ माघ १८ गते २३:०० मा प्रकाशित

डिसी । न्युयोर्कका युवा गायक रोकेश गुरुङको नयाँ म्युजिक भिडियो (संगीत श्रब्य दृश्य )सार्वजनिक भएको छ । उक्त गीत गीति संग्रह एल्बम ‘माया’ बाट निकालिएको हो ।

गत जनवरी ३१ का दिन उक्त गीत बजारमा आएको हो । गायक गुरुङले स्वयं शब्द रचना गरेका हुन् भने उनले संगीत दिएका छन् । उक्त नया गीतलाई निर्देशन,सम्पादन तथा छायाँकन मिलन थापाले गरेका छन् । उक्त श्रब्य दृश्य (भिडियो)मा कलाकारहरुमा पार्वती गुरुङ तथा स्वयम गायक रोहित गुरुङले अभिनय गरेका छन् ।

न्युयोर्कमा बस्दै आएका गुरुङ काठमाडौं इन्टरटेनमेन्टका संस्थापक हुन् । उनी गायन, संगीत, लेखनमा रुचि राख्छन् । उनी मनाङ समाज अमेरिकाका अध्यक्ष छन् । उनी नेपाली डीजेका रूपमा चर्चित छन् । उनले थुप्रै कार्यक्रम प्रस्तुत गरिसकेका छन् । उनी गिटारिस्टका रूपमा अमेरिकामा फिरोज स्याङ्देन, एड्रियन प्रधान, नरेन लिम्बू, दिवस गुरुङका कार्यक्रममा सहभागी भएका छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया