मंगलबार, असोज १२ २०७८
काठमाडौं ००:५२
वासिङटन डिसी 15:07

ट्रम्प प्रशासन द्वारा नाइजेरिया र अन्य देशहरूमा यात्रा प्रतिबन्ध विस्तार

इनेप्लिज २०७६ माघ १८ गते १:५० मा प्रकाशित

ट्रम्प प्रशासनले नाइजेरिया र अन्य देशहरूमा यात्रा प्रतिबन्धलाई विस्तार गरेको छ । प्रतिबन्धहरू अर्को महिना देखि प्रभावमा आउने छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ६ वटा देशहरूको नयाँ समूहमा यात्रा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

र वर्तमान यात्रा प्रतिबन्धमा थप तीन देश रहेको वरिष्ठ प्रशासन अधिकारीहरूले बताएका छन् । अमेरिकाले बर्मा, इरिट्रिया, किर्गिजस्तान र नाइजेरिया -अफ्रिकाको सबैभन्दा जनसंख्या भएको देशबाट स्थायी आवासीय खोज्ने यात्रुहरूलाई प्रवेशआज्ञा दिन रोक्ने भएको छ ।

यसै गरि सुडान र तान्जानिया नागरिकहरूलाई नयाँ प्रतिबन्ध अन्तर्गत विविधता चिट्ठा(डिभी लोटरी )बाट प्रतिबन्धित गरिएको छ । तर अझै अन्य आप्रवासी प्रवेश आज्ञाका लागि आवेदन दिन सक्ने छन । प्रतिबन्धहरू फेब्रुअरी २२ मा लागू हुने तालिकामा छन्।

अधिकारीहरूले अनुमान गरे अनुसार १३ हजार सम्भावित आप्रवासीहरू प्रभावित हुन सक्ने छन् । अमेरिकामा अध्यागमन र शरणार्थीहरूका लागि काम गर्ने वकिलहरूले शीघ्र प्रतिक्रिया देखाएका छन् भने नयाँ प्रतिबन्धको घोर भर्त्सना गरेक छन् ।

“यस नीतिको लागि कुनै उचित राष्ट्रिय सुरक्षा वा अध्यागमन नियन्त्रण औचित्य छैन भनि आप्रवासी अधिकार वकालत संस्थाका अधिकारीले बताएका छन् ।

नियुक्त शरणार्थीहरू, विद्यार्थी प्रवेशआज्ञा धारकहरू, र अस्थायी व्यवसायको लागि यात्रा गर्नेहरूलाई प्रतिबन्धबाट छुट दिइने अधिकारीले जानकारी दिएका छन् ।

समाचार: न्युयोर्क टाइम्स ,तस्बिर : वालस्ट्रिट जर्नल

प्रतिक्रिया