बुधबार, असोज ६ २०७८
काठमाडौं २३:३१
वासिङटन डिसी 13:46

ट्रम्पलाई महाअभियोगको लागि साक्षीलाई परीक्षण गर्ने सम्बन्धमा मतदान हुँदा सिनेटमा रिपब्लिकन ५१-४९ मतले बिजयी, महाअभियोग प्रकरण समाप्त

राष्ट्रपति ट्रम्प महाअभियोगबाट निर्दोष मुक्त

इनेप्लिज २०७६ माघ १७ गते २३:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिलाई बिगत ४ महिना देखि महाअभियोग लगाउने बहस अन्तत्वगत्वा अन्तिम चरणमा आई साक्षी र प्रमाण सम्बन्धि परीक्षण गर्ने सम्बन्धमा मतदान हुँदा सिनेटमा रिपब्लिकनले ५१-४९ ले बिजयी गरेका छन् ।आजैका मिति देखि साक्षी र कागजातहरू बाध्य पार्ने प्रस्ताव सिनेटमा असफल भएको छ। जिओपीका अधिकांश नेताहरु परीक्षण समाप्त भएको छ “प्रणाली भनेको प्रणाली हो,” भनि सिनेटका प्रभावशाली नेता सेन ग्राहमले भने ।

सिनेटमा रिपब्लिकनले प्रस्ताव रोकेका छन् भने अब महाअभियोगको दुई प्राबधानहरुमा अन्तिम मतदान हुनेछ । राष्ट्रपति ट्रम्पलाई शनिबार बिहान सबेरै निर्दोष मुक्त गर्न सकिन्छ वा मतदान अर्को हप्तासम्म ढिलाइ हुन सक्ने समाचार सिएनएनले लेखेको छ ।

परिणाम आए पछि डेमोक्रेटिकका सिनेटर एमी क्लोबुचरले “हामी धेरै निराश छौं” भनिन । उनले सिनेटमा महाभियोगका साक्षीहरूको आह्वान गरेको प्रस्ताव असफल हुन् सक्ने भनिन । सिनेटमा बहुमत रहेको रिपब्लिकन दलमा महाअभियोग हुने सम्भावना अत्यन्तै दुर्लभ रहेको थियो । तल्लो सदनमा पारित गरेता पनि माथिल्लो सदनमा राष्ट्रपति ट्रम्पलाई बर्खास्त गर्नु फलामको चिउरा झैँ थियो ।

ट्रम्पले टुक्रिएको र शिथिल भएको रिपब्लिकन दललाई मजबुत र एक ढिक्का बनाएका थिए । आगामी सोमबार ११ बजे सिनेटरहरुको बैठक हुने छ भने आगामी बुधबार अन्तिम निर्दोस सम्बन्धि मतदान हुने भएको छ ।

श्रोत :सिएनएन/तस्बिर :एपी 

प्रतिक्रिया