बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २०:५४
वासिङटन डिसी 11:09

मेरिल्याण्डमा हराई रहेकी भनिएकी महिलाको मृत्यु छुरा प्रहार द्वारा भएको पुष्टि

केही दिन देखि उनको लाश घर भित्र

इनेप्लिज २०७६ माघ १७ गते ०:४९ मा प्रकाशित

मेरिल्याण्डमा हराई रहेकी भनिएकी महिलाको उनकै घर भित्र छुरा प्रहार गरि मारिएको पुष्टि भएको छ । केही दिन देखि उनको लाश घर भित्र नै रहेको पाईएको छ भने उक्त घटना मेरिल्याण्डको ल्यान्हम शहरमा भएको हो ।

उनको लाश गत बुधबार केही दिन देखि उनी हराई रहेकी भनि सूचना दिए पछि प्रहरीले लाश फेला पारेका हुन् । मृतक ४९ बर्षिय ब्लान्का अगुलियर हप्ता दिन भन्दा ज्यादा समय देखि हराई रहेको उनका केही नातेदारले सूचना दिएका थिए । प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार बुधबार करिव १२:३० बजे उनकी सवारी साधन घर नजिकै विलहेम सडकको नाशभिल गल्ली जुन उनको घर बाट केही सय फिट अगाडी फेला परेको थियो ।

प्रहरीहरु घर भित्र छिर्दा छुरा प्रहारको कारण मृत अवस्थामा फेला पारेको र प्रहरीले संदिग्ध व्यक्ति र हत्या गर्नुको उद्धेश्य के थियो भन्ने बारेमा अनुसन्धान गरि रहेका छन् ।

समाचार/तस्बिर : डब्लुटिओपी

प्रतिक्रिया