शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:११
वासिङटन डिसी 16:26

व्यवसायका माध्यमबाट नेपालीलाई सहजीकरण गर्दै महेश भट्टराई

सुरेश कोइराला २०७६ माघ १६ गते २३:११ मा प्रकाशित

सुरेश कोइराला ,कोलोराडो । हेर्दै हसिँलो मुहार, उच्च कद भएका महेश भट्टराई दृढ शंकल्प सहित अमेरिकालाई कर्मथलो बनाएका छन् । उहाँले विगत ११ वर्षदेखि अमेरिकाको कोलोराडोमा ‘अल सर्भिस ड्राइभिङ स्कूल’ खोलेर नेपालीलाई सहयोग गर्दै आउनु भएको छ । उक्त स्कुलले अमेरिकामा नेपाली लाइसेन्स लिनका लागि नेपाली भाषामै परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ ।

नेपाली भाषामा परीक्षा दिन पाउने व्यवस्था भएपछि अमेरिका बसोबास गर्दै आएका नेपालीलाई सहज भएको उहाँले बताउनु भएको छ । युवा जोश र जागरलाई अमेरिकामा उपयोग गरेर उहाँले अमेरिका बासी नेपालीको भविष्य निर्माण गर्न सधै प्रेरणादायी भुमिका निर्वाह गर्दै आउनु भएको हो ।

अमेरिकाको कोलोराडोमा नेपाली भाषाको ड्राइभिङ स्कूल स्थापना भएपछि अमेरिकामा पुगेर संर्घष गरिरहेका नेपालीलाई ड्राइभिङ लाइसेन्स लिन सहज भएको छ । २१ वर्षअघि अध्ययनको सिलसिलामा अमेरिका पुगेका भट्टराईले सन् २००९ मा उक्त स्कूल स्थापना गरेका हुन् । २४ वर्षको उमेरमा अमेरिका आएका भट्टराईले सूचना प्रविधि र वित्तीय व्यवस्थापन विषयमा स्नाकोत्तर गर्नु भएको छ ।

बिदेशमा बसे पनि देशको माया र ममतामा समर्पित उहाँ नेपाल र नेपालीको दीर्घकालीन विकास र यसको सम्वद्र्धनमा कटिबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया