स्कुल इन्टरप्राइज च्यालेञ्ज -२०१९ को नेपालबाट अरुणोदय छनौट

इनेप्लिज २०७६ माघ १५ गते २३:४९ मा प्रकाशित

टिच ए म्यान टु फिस ,युनाईटेड किङ्गडमकोआयोजनामा भईरहेको स्कुल इन्टरप्राइज च्यालेञ्ज -२०१९ प्रतियोगितामा विनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी स्कुलको व्यवस्थापन अन्तर्गतको मध्यपुरस्थित अरुणोदय ईङ्गलिस स्कुल १६ वटा सर्वोत्कृष्ट समूहमा छनौट हुन सफल भएको छ ।

प्रतियोगितात्मक शैक्षिक क्रियाकलापमा सहभागी भएका १ सय ७ वटा देशहरुका ११ हजार बिद्यालय मध्येबाट विद्यार्थीहरुले पठाएको व्यवसाय योजना र प्रतिबेदन (रिपोर्ट) को आधारमा नेपालबाट एउटै बिद्यालय अरुणोदय ईङ्गलिस स्कुल १६ वटा सर्वोत्कृष्ट ग्रुपमा छनौट हुन सफल भएको हो ।

छनौट भएका १६ वटा विद्यालय मध्ये मतदानको अधारमा छनौट गरिने छ । छनौट हुने पहिलो विद्यालयलाई अमेरीकी डलर १ हजार सहित स्कुल इन्टरप्राइज च्यालेञ्ज पुरस्कार प्रदान गरिने छ ।

स्कुल इन्टरप्राइज च्यालेञ्ज को सामाजिक संजाल पन्ना ( फेसबुक पेज ) बाट मतदान गर्न सकिने छ । विनायक शिक्षा निकेतन ईङ्गलिस सेकेण्डरी बिद्यालयले सम्पूर्ण नेपालीहरुलाई मतदान गरेर नेपालको गौरवका साथै नेपाली विद्यार्थीहरुलाई हौसला प्रदान गरिदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया