बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:५५
वासिङटन डिसी 14:10

सरकारी सुविधा लिनेलाई ग्रिन कार्ड नदिने ट्रम्पको नीतिलाई सर्वोच्चको हरियो झंडा

सन् २०२० मा ईमिग्रेसनमा हुने ठूला पाँच परिर्वतन, आप्रवासीका दिन कठिन बन्दै

यादवराज जोशी २०७६ माघ १३ गते २१:५३ मा प्रकाशित

यादवराज जोशी

खाद्य सहयोग (फुड स्ट्याम्प), औषधोपचार सुविधा र घर निर्माण सहयोग जस्ता सुविधा लिने आप्रवासीलाई स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) पाउन कठिनाई हुने निस्चित भएको छ । सर्वोच्च अदालतले ट्रम्प सरकारको सरकारी सहयोग (पव्लिक चार्ज वा पव्लिक एसिस्टेन्ट) लिएका आप्रवासीलाई ग्रिन कार्ड नदिने नीतिको पक्षमा सोमबार फैसला गरेको छ ।

सर्वोच्चमा भएको फैसलामा रिपव्लिकन र डेमोक्र्याटबाट नियुक्त न्यायाधीसबीच स्पस्ट विभाजन देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी ईमिग्रेसनमा पव्लिक चार्ज लगाउने पक्षमा पाँचजना न्यायाधीसले मत दिएका थिए भने डेमोक्र्याटबाट नियुक्त चारजना न्यायाधीस विपक्षमा थिए ।

गत अगस्टमा ट्रम्प सरकारले ल्याएको पव्लिक चार्ज नीतिविरुद्ध मुद्दा परेको थियो । ट्रम्प सरकारको यो नीतिबाट अमेरिकाभरी ६० लाख अमेरिकन प्रभावित भएको अनुमान गरिएको छ । न्यूयोर्क महानगरमा मात्र सात लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बेग्लै कानुनले सरकारी सहयोग व्यवस्थापन गरेका कारण इलिनोइस राज्य मात्र यसबाट प्रभावित नहुने सिएनएनले जनाएको छ ।

ईमिग्रेसन विज्ञ तथा वकिलहरु सर्वोच्चको यो फैसलाले आगामी दिनमा आप्रवासीप्रति अझ कडा नीति लिन ट्रम्प सरकार प्रोत्साहित हुने विश्वास गर्छन । सन् २०२० मा ईमिग्रेसनको क्षेत्रमा हुने केही परिवर्तनहरु यस्ता छन् ।

सरकारी दस्तुर वृद्धिः ग्रिन कार्डबाट नागरिक हुन ८३ प्रतिसत बढी सरकारी दस्तुर तिर्नु पर्नेछ । नागरिकता आवेदनका लागि हाल ६ सय ४० अमेरिकी डलर रहेको सरकारी दस्तुर एक हजार एक सय ७० अमेरिकी डलर पुग्नेछ । वर्क परमिट शुल्क २० प्रतिसत महंगो भई चार सय ९० अमेरिकी डलर पुग्ने छ । विभिन्न अवरोध (कण्डीसन) हटाउने आवेदनको शुल्क सात सय ७० अमेरिकी डलर पुग्नेछ । यो २८ प्रतिसतको वृद्धि हो । यसैगरी, एसाईलम आवेदनमा अमेरिकी डलर ५० शुल्क लगाउने तयारी भैरहेको छ ।

नागरिक बन्न कठिन परिक्षाः अमेरिकी नागरिकता लिन सन् २०१९ मा ११ वर्ष पछिको सबैभन्दा धेरै आवेदन अर्थात आठ लाख ३४ हजार आवेदन परेको छ । ट्रम्प सरकार यो प्रक्रिया थप जटिल बनाउन चाहन्छ ताकी नागरिकता धेरैभन्दा धेरै आवेदन अस्वीकार गर्न सकियोस । युएस सिटिजनसीप एण्ड ईमिग्रेसन सर्भिसेजले सन् २०२० को डिसेम्बरबाट लागु हुने गरी नागरिकता आवेदकले आफु अंग्रेजी भाषा लेख्न, बोल्न र पढन राम्रो रहेको प्रमाणित गर्नु पर्ने छ । रिभिजन अफ दि नेचुरलाईजेन सिभिक टेस्टमा अमेरिकी सरकार र ईतिहास प्रस्न थपिने छन् । साथै भाषाको ज्ञान जाच्न मौखिक परीक्षा पनि हुनेछ । यस्तो परिक्षा पहिलेभन्दा कठिन हुनेछ । राम्रो नैतिक व्यवहार नागरिक बन्ने अर्को सर्त हुनेछ । १५ अनैतिक व्यवहारको सुचीमा अदालतमा अनुपस्थिती,बैक धोकाधडी, कर नतिरेको वा छली गरेको, नागरिक बन्न गलत सुचना दिएका जस्ता कुरा समेटिएका छन् ।

पव्लिक चार्ज लिनेलाई ग्रिन कार्ड कठिनः खाद्य सहयोग (फुड स्ट्याम्प), औषधोपचार सुविधा र घर निर्माण सहयोग जस्ता सुविधा लिने आप्रवासीलाई युएस सिटिजनसीप एण्ड ईमिग्रेसन सर्भिसेजले ग्रिन कार्ड पाउनबाट बन्चित गर्नेछ । गत अगस्तमा फेडरल रजिस्टरमा प्रकासित सुचना अनुसार, १२ महिना भन्दा लगातार यस्तो सुविधा लिने ग्रिन कार्डको हकदार हुने छैनन । युएस सिटिजनसीप एण्ड ईमिग्रेसन सर्भिसेजले विगत तीन वर्षसम्मको पव्लिक चार्जको ईतिहास खोतल्ने छ ।

एसाईलम गर्नेलाई वर्क परमिट पाउन कठिनः एसाईलम आवेदन थाँती (पेण्डीड.) रहेको बेला युएस सिटिजनसीप एण्ड ईमिग्रेसन सर्भिसेजले वर्क परमिट दिने गरेको छ । तर, नयाँ प्रस्तावमा वर्क परमीट पाउने योग्यता र समयमा फेरबदल गरिएको छ । वर्क परिमटको लागि कुर्नु पर्ने समय बढाउने , गैरकानुनीरुपमा अमेरिका प्रवेस गरेकाको एसाईलम आवेदन अस्वीकृत गर्ने, एसाईलम आवेदन अस्वीकृत भएको ३० दिनभीत्र वर्क परमिट रद्द गर्ने जस्ता नयाँ प्रावधान छन् ।

धेरै ईमिग्रेसन फर्म अनलाईन हुनेः युएस सिटिजनसीप एण्ड ईमिग्रेसन सर्भिसेजले डिजिडलाईजेसन गर्ने क्रममा धेरै आवेदन अनलाईन बनाउने भएको छ । ग्रिन कार्ड आवेदन फर्म (आई४८५), वर्क परमीट फर्म (आई७६५), यात्रा अनुमति आवेदन फर्म (आई१३१), गैरआप्रवासी कामदार फर्म (आई१२९) र एसाईलम फर्म (आई५८९) जस्ता धेरै आवेदन हुने फर्महरु अनलाईन हुनेछन् । यस्तै युएस सिटिजनसीप एण्ड ईमिग्रेसन सर्भिसेजले आफै सेवा लिन सकिने टुल पनि समावेस गर्नेछ । यो टुलले आवेदनको अवस्था, प्रगति हेर्न साथै आवेदन द्रूत गर्ने सुविधा पनि दिनेछ ।

स्रोतः एजेन्सीहरु, युएससिआईएस वेवसाईट र अन्य

प्रतिक्रिया