सोमबार, असोज ५ २०७७
काठमाडौं १५:४७
वासिङटन डिसी 06:02

एनआरएन अमेरिकाको बैठक द्वारा मल्ल र भट्टराई निलम्बित

इनेप्लिज २०७६ माघ १३ गते १२:३० मा प्रकाशित

 

एनआरएन अमेरिकाको बैठकले सल्लाहकार शिव मल्ल र प्रवक्ता ओम भट्टराईलाई निलम्वन गरेको छ ।

गत जनवरी २६ आईतवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।केही दिन अगाडी न्यूह्याम्पशायरका प्रसन्न संग्रौलाले नक्कली आईडी अर्थात सामाजिक संजालमा सिधाकुरा नामक खाता बनाई बिभिन्न ब्यक्तिहरुलाई गाली गलौच बदनाम गर्नेहरुको नाम किटान साथ प्रत्यक्ष प्रसारण बाट मल्ल र भट्टराईको नाम सार्वजनिक गरेका थिए ।

र संग्रौलाले एनआरएन अमेरिकालाई कारवाही गरि पाउ भनि निवेदन दिएका थिए । उक्त निवेदन माथी छलफल भै ४५ दिनको लागि मल्ल र भट्टराई निलम्बित भएका हुन। उक्त बिषयलाई लिएर संघलाई दवाव परे पछि बिशेष बैठक बोलाई उनिहरुलाई निलम्बित गरिएको छापा बिज्ञप्ति द्वारा जानकारी दिईएको छ।

सत्य तथ्य र यस्को छानविन गर्न समिती पनि बनाईएको छ । ४५ दिन सम्म उक्त समितिले प्रतिबेदन नबुझाउन्जेल पद बाट बाहिर बस्न दुवैलाई भनेको छ ।

छापा बिज्ञप्तिको पूर्ण बिबरण जस्ताको तस्तै :

 

 

प्रतिक्रिया