बिहीबार, फागुन १५ २०७६
काठमाडौं ११:०१
वासिङटन डिसी 00:16

एनबिएका पूर्व तारा तथा होनहार खेलाडी कोबे ब्रायन्ट अब रहेनन् ,हेलिकप्टर दुर्घटनामा मृत्यु

इनेप्लिज २०७६ माघ १२ गते २१:५२ मा प्रकाशित

एनबिएका पूर्व तारा तथा होनहार खेलाडी कोबे ब्रायन्ट अब रहेनन् । उनको हेलिकप्टर दुर्घटनामा मृत्यु एपीले जनाएको छ । उक्त दुर्घटना ९ जना मृत्यु हुने मध्ये उनकी १३ बर्षिय छोरीको पनि मृत्यु भएको छ ।

१८ पटक एनबिए अलस्टार (खेलाडी) मध्ये सर्वोश्रेष्ठ रहेका कोबे ५ पटक प्रतियोगिता जितेका थिए । लस एन्जलस लेकर्सको संग २० वर्षको कार्यकालको क्रममा उनको पुस्ताका सर्वश्रेष्ठ बास्केटबल खेलाडी मध्ये एक बन्न पुगे।

आइतबार हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भयो भने उनि ४१ बर्षिय थिए ।

उनको मृत्यु क्यालिफोर्नियाको क्यालाबासस नजिक भएको हेलिकप्टर (उदग्रविमान)दूर्घटना हुँदा मृत्यु भएको हो । दुर्घटना बिहान १० बजे तिर भएको हो भने लस एन्जेलसबाट करिव ३० माइल्स उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना भएको थियो ।

संघीय उड्डयन प्रशासनका प्रवक्ता एलेन केनिट्जरले भने कि यो सिकर्स्की एस -७६ हेलिकप्टर भएको र दुर्घटनाको कारण अझ थाहा हुन सकेको छैन ।  ब्रायन्ट २०१ मा एनबीएबाट अवकास लिएका थिए ।

उनले २०१६ मा ६० अंक एनबिएको अन्तिम खेलमा पाए पछि अवकास लिएका थिए ।

समाचार/तस्बिर : एपी/डब्लुटिओपी

प्रतिक्रिया