बिहीबार, असोज ८ २०७७
काठमाडौं ००:४४
वासिङटन डिसी 14:59

मेरो दिल छ पोखरामा फागुन ५ गते विशेष शो हुदै

इनेप्लिज २०७६ माघ १२ गते १३:३६ मा प्रकाशित

काठमाडौँ ।

गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको आगामी फागुन ५ गते काठमाडौँमा विशेष प्रदर्सन प गरिने निर्माण पक्षले बताएको छ ।

कला राईको प्रस्तुतीमा रहेको सिनेमा मेरो दिल छ पोखरामा को बिशेष शो फागुन ५ गते दिनको २ बजे बागबजार को सिटिम्याक्स सिनेमा भवनमा गरिने भएको छ । चलचित्र मा राजु पौड्याल ,रन्जु रन्जना,गंगा कुवँर, लक्ष्मी श्रेष्ठ ,दिप कुलुङ,कला राई , हेमलता घिमिरे र राजन महर्जन को अभिनय रहेको छ । नेपाली सिनेमा भित्रको बास्तविक कथालाई चलचित्रमा उठाइएको चलचित्रका निर्देशक घायलले बताए ।

,रामकृष्ण कडेलको छायांकन ,देव महर्जनको द्वन्द ,बिश्वास भण्डारी को सम्पादन,राजन महर्जन को नृत्य छ । शंकर अधिकारी र दिपेन्द्र खड्का को गीत,पुरुषोत्तम न्यौपाने , पुष्कर सुनुवार ,सिडि बिजय अधिकारी र शंकर अधिकारी घायलको संगीत ,नित्याशिवा, ममता मगर पुरुषोत्तम न्यौपाने र सिडि बिजय अधिकारी को स्वर रहेको छ । चलचित्रलाई चैत्र १४ गते अल नेपाल रिलिज गरिने समेत चलचित्रका निर्देशकले बताए ।

प्रतिक्रिया