स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप बिजेता कलैया क्रिकेट क्लब

इनेप्लिज २०७६ माघ ११ गते १२:२५ मा प्रकाशित

हेटौडा एकेडेमीको प्रायोजनमा हेटौंडाको लोकतान्त्रिक हुप्रचौरमा जारी छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप अन्तर्गत यस बर्षको बिजेतता कलैया क्रिकेट क्लब भएको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा कलैयाले विरगन्ज युनाइटेडलाई २५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको कलैयाले विरगन्जलाई १५४ रनको विजय लक्ष्य दिएको थियो तर विरगन्ज १२८ रनमै अलआउट हुन पुगेको थियो । आजको खेलको म्यान अफ द म्याच कलैयाका रवि शाह भएका छन । प्रतियोगीताकै उत्कृष्ट व्याट्सम्यान चितवन क्रिकेट क्लबका साकार ढकाल भएका छन ।

त्यस्तै उत्कृष्ट बलर विरगन्ज युनाइटेडका सैदुल्ला अन्सारी भएका छन भने म्यान अफ द सिरिज कलैयाका कुमार थापा भएका छन ।। यसैबिच आजै विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि हेटौडा एकेडमीका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अरुणराज सुमार्गी ,प्रमुख अतिथि हेटौडा उपमहानगरपालीकाकी उपप्रमुख मिना लामा रहनु भएको थियो भने सन्चारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको बिजेता कलैयाले नगद ४० हजार तथा सिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता विरगन्ज युनाइटेड टिमले २० हजार नगद सहित शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गरेको आयोजक मकवानपुर क्रिकेट संघले जनाएको छ

प्रतिक्रिया