थप जानकारी : टर्कीमा भूकम्पबाट मर्नेको संख्या २२ ,कम्तिमा १ हजार जना घाइते

इनेप्लिज २०७६ माघ ११ गते ११:४२ मा प्रकाशित

 

टर्कीमा गत शुक्रबार राती आएको भुम्क्प बाट हाल सम्म मर्नेको संख्या २२ पुगेको छ । टर्कीको पूर्वीय क्षेत्रमा आएको उक्त शक्तिशाली भूकम्प बाट कम्तिमा १ हजार जना घाइते छन् । ६:८ रेक्टर स्केलको भूकम्प को केन्द्र बिन्दु ईलाजिग प्रान्तको सिभरिस शहरमा रहेको हो । ३९ जना मानिसलाई भत्किएको स्थान बाट निकालिएको छ भने अझ २० जना भित्र परेको अनुमान गरिएको छ ।

१९९९ मा टर्कीको पश्चिम इज्मित भन्ने ठाउमा आएको भूकम्पमा परि १७ हजार मानिसको ज्यान गएको थियो । गत शुक्रबार स्थानीय २०:५५ मा भूकम्प आएको थियो ।

https://www.enepalese.com/2020/01/259476.html

श्रोत :बिबिसी ,तस्बिर :रोयटर्स 

प्रतिक्रिया