आइतबार, असोज ११ २०७७
काठमाडौं ०९:३९
वासिङटन डिसी 23:54

बोष्टनमा यसपाली आफ्नै नेपाली भवनमा सरस्वती पुजा हुने

फेब्रुअरी १ मा वालवालिका सहित ब्रेनट्रि आऊन अनेसास र प्याब्फोनको आग्रह

यम पौडेल २०७६ माघ ११ गते २:१५ मा प्रकाशित

यम पौडेल, अमेरिकाको वोष्टनमा अनेसास बोष्टन र पशुपतिनाथ बुद्द फाऊण्डेशनको सहकार्यमा यहि फेब्रुअरी १ ता ११ बजे आफ्नै नेपाली भवन, ठेगाना 594 Washington st , Braintree , MA 02184 मा बिशेष सरस्वती पुजा बन्दना कार्यक्रमको आयोजना गरिएको छ।

अनेसास बोष्टनले श्री पञ्चमीको अवशरमा हरेक बर्ष गर्दै आएको पुजा यसबर्ष पशुपतिनाथ बुद्द फाऊण्डेशन सगको सहकार्यमा हुन लागेको हो । नेपालीले धेरैवर्ष पछि बोष्टनमा आफ्नै भवन किन्न सफल भएका र त्यहा सवै प्रकारका नेपाली भेटघाट चाडवाड रिती रिवाज ऊत्सब महोत्सव मान्न पुग्ने एथेष्ट हल तथा कोठाहरु भएकोले संभव भएसम्मका सवै कार्यक्रमहरु आफ्नै हलमा गर्ने परम्पराको थालनी गर्न एवँ भवन प्रतिको एटाचमन्ट बढाऊन अनेसासका अध्यक्ष यम पौडेलले संस्थाको तर्फवाट प्रस्ताव गरेपछी प्याव्फोनका पदाधिकारीले त्यसको समर्थन गर्दै तुरुन्त कार्यक्रम अघि बढाएका थिए ।

आफनै भवनमा सरस्वती पुजा हुने कुराले यतिबेला वोष्टनको नेपाली वृत खुसी छ । विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरु, साहित्यिक , धार्मिक एवं सामाजिक व्यक्तित्वहरु सकारात्मक भएका छन, प्याव्फोन भवनमा हुने पहिलो सरस्वति पुजालाइ सफल पार्न आफुहरु लागीपर्ने जनाएका छन । पशुपतिनाथ बुद्द फाऊण्डेशका अध्यक्ष बिष्णु कार्कीले प्याब्फोनको तर्फवाट सुचना जारी गर्दै सम्पुर्ण नेपालीलाई समयमै ऊपस्थित हुन र यथाशक्य सहयोग को लागी आव्हान गर्नुभएको छ ।

बोष्टनमा हल नै भाडामा लिई धुमधामका साथ सरस्वति पुजा मान्न थालिएको २०१२ देखि हो । सरस्वतिको पुजा, बन्दना , नेपाली बालबालिका लाई अक्षारम्भ साथै साहित्यप्रेमीका नया नया रचना लेख्ने सुन्ने सुनाऊने काम हुदै आएको थियो सरस्वति पूजामा । यसपटक भने बोष्टनमा स्थापित नेपाली क्लासहरु, नेपाली क्लास बोष्टन,मेट्रो वेष्ट नेपाली स्कुल नरऊड र हाम्रो पाठशाला केपकोडका नेपाली स्कुल लाई अनुरोध गरी सँभव भएसम्मका नेपाली बालबालिकाहरु एऊटै भवनमा सहभागी गराई सरस्वति पुजाको महत्व आफै बुझ्ने अबशर प्रदान गर्ने, नया काम शुभारम्भ गर्ने दिन श्रीपञ्चमीको महिमा बताऊने र बालबालिकालाई अक्षारम्भ गराऊने प्रमुख सोच भएको बताऊदै नया काम र नया सृजना गर्ने कलाकार आर्टिष्ट साहित्यकारहरुलाइ समेत सरस्वती पुजामा त्यतिकै स्थान दिइने प्याब्फोनका महासचिव गौरब थपलियाले बताऊनु भयो ।

बोष्टनमा प्याब्फोनले नेपाली भवन किनेपछि भवनमा केहि न केहि नेपाली गतिविधी भइरहनुपर्छ । भवनको सदुपयोग हुनुपर्छ , नेपाली चाडबाड का अतिरिक्त धार्मिक चाडपर्वहरु बौद्द जयन्ती, कृष्ण जन्माष्टमी, ऋषि पञ्चमी,श्री पञ्चमी, स्वस्थानी , महा शिबरात्री जस्ता पर्वहरुलाई संस्थाको बार्षिक कैलेण्डरमा लेखिनुपर्छ भन्नेहरुको संख्या वढिरहेको छ । फाऊण्डेशनले पनि आफ्नो शुरु देखिको उद्देश्य, पशुपतिनाथ र बुद्दको मन्दीर सहित नेपाली कम्युनिटि सेन्टर वनाउने कुरालाइ स्पष्ट रुपमा राख्दै आएको छ । तथापि साधारण सभाको म्यान्डेट र ग्रेटर बोष्टनबासी नेपाली को जनमत लिदै वैधानिक रुपमा भवनलाई मन्दीर र कम्युनिटि सेन्टर दुबैको रुपमा बिकास गर्ने तर्फ पाव्फोन अग्रसर छ ।भवनमा धार्मिक कार्यक्रम वढाउनु पर्ने आवाज़ पनि ऊठिरहेको छ। गत महिना डिसेम्बर ८ तारिख लगाइएको सत्यनारायण पुजा सोचे भन्दा राम्रो रुपमा सफल भएको थियो । सामाजिक कार्यक्रम मा कताकति मात्र आऊने महिलाहरु धार्मिक कार्यक्रममा स्वत:स्फुर्त आएको देख्दा यसपालीको सरस्वति पुजा पनि उल्लेखनीय रुपमा सफल हुने अपेक्षा आयोजक टिमको छ ।

यसपाली सरस्वति पुजा सफल पार्न दुवै संस्थाका पदाधिकारी एकमतले लाग्ने देखिएको छ । अघिल्लो महिना सत्य नारायण पुजामा खटेको टिम र सफल अनुभव सगाल्नु भएकी तत्कालीन संयोजक अञ्जु थापाले त्यतिकै साथ दिने वताउनु भएको छ । नेपालमा रहेका अनेसास का उपाध्यक्ष विजय शर्मा र कवियत्री दिपा राइ पुनले थाहा पाई फोन सम्पर्क गरी वालवालिकालाइ प्रदान गर्ने वाल पुस्तिका पुजा अगावै वोष्टन ल्याउने वचन दिएका छन ।पुजाको लागी चाहिने पुजा सामाग्री, प्रसाद, र सात्विक खानेकुराको लागि पदाधिकारी वा इच्छुक परिवारवाट एउटा एउटा सौजन्य स्वरुप ल्याउन धेरै साथीहरु राजी हुनुभएको छ । पुजाको लागी खासै आयोजक समिति बनेको छैन, अनेसास बोष्टन र प्याब्फोनका सबै पदाधिकारीहरु सरस्वति पुजा मुल आयोजक समितिमा रहेर पुजा सफल पार्ने भनिएको छ । यद्दपि गर्नुपर्ने काम र आपसी तालमेलको लागी सम्पर्क ब्यक्तिको रुपमा यम पौडेल, गौरब थपलिया , सुरेश ढकाल, दिनेश ढुँगेल, शान्ती जोशी , मनोहर धितालको नाम ऊल्लेख गरिएको छ ।

आन्तरिक सम्पर्क सम्पर्कैले पुजाको सवै तयारी पुरा होस, निम्ता प्रचार प्रसार पनि सम्पर्क वाटै हुनसकोस र सहयोग पनि सम्पर्क वाटै जुटन सकोस भन्ने चाहना सबैको हुनु स्वभाबिक हो हामीहरु पनि आयोजक संस्था र सरस्वती पुजाको पक्षमा पुरा समय दिइ इमान्दारीतीका साथ लागी पर्नेछौ, बोष्टनमा राम्रो नेपाली एकता छ, जे भएपनि पर्दा र राम्रो कार्यक्रमको बेला सबै एकजुट हुने प्रचलन छ यसपटक सरस्वती पुजा सफल पार्न पनि सबै नेपालीको त्यतिकै साथ सहयोग हुनेछ, पुजा सम्पर्कमा रहेका ब्यक्तिहरुले बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया