सोमबार, असोज ५ २०७७
काठमाडौं १४:२०
वासिङटन डिसी 04:35

पेन्सेलभेनियामा ट्रम्पको महाअभियोगको परीक्षण हेरेपछि निराश हुदै प्रेमिकाको घाटी अठ्याएका कारण प्रेमी पक्राउ

इनेप्लिज २०७६ माघ १० गते २:५५ मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनियाका एक मानिसले ट्रम्पको महाअभियोगको परीक्षण हेरेपछि निराश हुदै प्रेमिकाको घाटी अठ्याएका कारण उनलाई पक्राउ गरिएको छ । उनले लगातार ट्रम्पको महाअभियोगको परीक्षण हेरे पछि उनकी पत्नीले अर्को कुनै चिज हेर्न आग्रह गरे पछि घाटी न्यायेका हुन् ।

५३ बर्षिय लोनी डी क्लार्कले गला दबाएको, सामान्य आक्रमण र उत्पीडन गरेको आरोप लगाईएको युएसए टुडेले लेखेको छ । प्रहरीले क्लार्क बस्ने स्थानमा गत मंगलबार साँझ उसकी प्रेमिकाले ९११ मा खबर दुरसंचार माध्यमबाट खबर गरेकी थिइन् । कागजात अनुसार पत्नीलाई आक्रमण गरेको महिलाले बताएकी थिइन् ।

महिलाको घाटीमार दाहिने गालामा रातो दाग लागेको थियो । उनीले आफ्ना पति डोनाल्ड ट्रम्पको महाअभियोग को परीक्षण प्रसारण हेर्दै मदिरा पिउदै गर्दा उनलाई निराश बनाएको थियो ।

जब ती महिलाले क्लार्कलाई भनिन् “अरू केहि हेर्न चाहन्छु “, उनले उनीलाई सराप्न थाले र उनलाई “लाटी ” र “मूर्ख” भने। उनि उनको रिस शान्त बनाउन काखमा बासिन । तर उनले उनलाई दुवै हातले घाटी निमोठ्न थाले कि उनले सास फेर्न अप्ठ्यारो भयो भनि कागजातमा भनिएको छ।

जब उनी त्यहाँबाट फुत्किएर बाहिर जाँदा क्लार्कले उनलाई दुई मुक्का हाने र धेरै पटक उनलाई धक्का दिएका थिए ।

श्रोत : युएसए टुडे

प्रतिक्रिया