बिहीबार, फागुन ८ २०७६
काठमाडौं ०२:५५
वासिङटन डिसी 16:10

बाल्टिमोरमा पर्वत समाज अमेरिकाको पदस्थापन समारोह तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम हुने

विजय थापा २०७६ माघ १० गते ०:५० मा प्रकाशित

डिसी । अमेरिकामा सन् २०१२ मा स्थापित भएको पर्वत समाज अमेरिकाको नया कार्यकारी समितिको पदस्थापन समारोह कार्यक्रम बाल्टिमोरमा हुने भएको छ । साथै नयाँ बर्ष २०२० को शुभकामना आदान प्रदान कार्यक्रम समेत हुने भएकोले बाल्टिमोर तथा डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबैमा आग्रह गरिएको छ ।

आगामी फेब्रुअरी २ आइतबारका दिन साँझ ७ बजे देखि कार्यक्रम हुने समाजका महासचिव रमेश सुबेदीले ईनेप्लिजलाई जानकारी दिए । उनले बिशेष आग्रह गर्दै उक्त कार्यक्रममा साँस्कृतिक कार्यक्रम हुने समेत रहेको हुँदा सबैलाई चुलो निम्तो ईनेप्लिज मार्फत दिएका छन् ।

समारोहमा मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारी प्रमुख अतिथि तथा बिशेष अतिथिमा महा बाणिज्य दुत प्रेम राजा महत रहने छ । सांस्कृतिक कार्यक्रममा कलाकारहरुमा भगवान भण्डारी ,शान्ति भण्डारी ,उदय भट्टराई साथमा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने छ ।

कार्यक्रमको बिस्तृत जानकारी :

1030 light street

Baltimore md ,21030

february 2nd

Sunday 7 pm

प्रतिक्रिया