दिपक मनाङे पक्राउ

इनेप्लिज २०७६ माघ ९ गते १२:३१ मा प्रकाशित

पोखरा, ९ माघ । प्रहरीले प्रदेशसभा सांसद राजीव गुरुङ अर्थात् दिपक मनाङेलाई पक्राउ गरेको छ । उनलाई बिहिबार पोखराको होटलबाट पक्राउ गरेको हो ।

पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ । उनीमाथि एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङले किटानी जाहेरी दिएपछि पक्रऊ पूर्जी जारी भएको थियो । लगत्तै मनाङे पक्राउ पररेका थिए । पक्राऊ गर्नुअघि गण्डकी प्रदेशका सभामुखलाई जानकारी गराइएको समेत बुझिएको छ ।

एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मनाङेले मंगलबार कुटेका थिए । आफूले गुरुङलाई कुटेको स्वीकार्दै दिपक मनाङेले मंगलबार भेटेको भए एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई नै कुट्नेथिएँ भनी बोलेका थिए ।

मुख्यमन्त्री कपको व्यवस्थापनको कमजोरीलाई लिएर दिपक मनाङेले मिलन गुरुङलाई कुटेका थिए । कुनैबेला गुण्डागर्दीमा नाम कमाएका मनाङे पछिल्लो समय सांसद निर्वाचित भएका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।

रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया