सिम्रौनगढको भू–भौतिकी सर्वेक्षण

सञ्जय मित्र, रौतहट २०७६ माघ ९ गते ११:५२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

बाराको ऐतिहासिक सिम्रौनगढको भू–भौतिकी सर्वेक्षण गरिएको छ । बेलायतको दुर्हम विश्वविद्यालयको टोलीद्वारा सिम्रौनगढको पहिलोचोटि वैज्ञानिक किसिमले भू–भौतिकी सर्वेक्षण गरिएको हो । जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायताले बेलायतको दुर्हम विश्वविद्यालयका च्ष्अजष्भ ख्ष्ििष्क र ब्ष्अि ल्बथयिच को संयुक्त टोलीले सिम्रौनगढको पुरातात्विक अध्ययन गरेको हो । यसअघि दुवैजनाको टोलीले रौतहटको मौलापुर नगरपालिकाको पतौरामा रहेको प्राचीन भूतनाथ महादेव मन्दिरको पुरातात्विक सर्वेक्षण गरेको थियो ।

सन् १०९७ मा भारतको कर्नाट देशका सेनापति नान्यदेवले विजय अभियान उत्तरतिर चलाउँदै जाँदा सिम्रौनगढमा राजधानी बनाएर डोयराज्यको स्थापना गरेका थिए । सन् १३२४ मा दिल्लीका बादसाह ग्यासुदीन तुगलकको आक्रमणमा ध्वस्त भएको सिम्रौनगढको इतिहासको बारेमा धेरै कुरो अज्ञात छ । कतिपयले सिम्रौनगढमा राजधानी बनाउनुअघि नै यस क्षेत्रमा प्राचीन समृद्ध बस्ती रहेको अनुमान गरेका छन् । बेलायती टोलीले सिम्रौनगढको भू–भौतिकी सर्वेक्षण भएपछि केही महिनामा सिम्रौनगढको इतिहासको बारेमा थप जानकारी आउने विश्वास गरिएको छ ।

गत २७ वर्षमा पहिलोचोटि भू–भौतिकी सर्वेक्षण गरिएको सिम्रौनगढको बारेमा अध्ययन गरिरहेका स्थानीय डिके सिंहले बताएका छन् । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादवसहित स्थानीय संघसंस्थाले टोलीलाई सहयोग गरेका छन् ।

बेलायती टोलीको अध्ययनले डोयराज्यको राजाको महलको अवशेष जमिनमुनि देखिएको, जमिनमुनि नै विभिन्न पर्खाल देखिएको सिंहले बताएका छन् । एक्सरे मेसिनले जमिनमुनिको फोटो खिचेको र केही महिनामा वास्तविक तथ्य बाहिर आउने विश्वास व्यक्त गरिएको सिंहले जानकारी गराएका छन् ।

प्रतिक्रिया