बिहीबार, फागुन ८ २०७६
काठमाडौं ०२:२७
वासिङटन डिसी 15:42

मेरिल्याण्डका गभर्नर ल्यारी होगनले बिदेशी कामदारका लागि बढी भिसा (प्रवेशआज्ञा) दिन आग्रह

इनेप्लिज २०७६ माघ ९ गते ०:५२ मा प्रकाशित

मेरील्याण्डका रिपब्लिकन दलका गभर्नरले गत मंगलबार संघीय अधिकारीहरुलाई विदेशी कामदारहरुलाई बढी प्रवेशआज्ञा दिन आग्रह गरेका छन । यसरी बिदेशीलाई माग गर्ने गभर्नर होगन अमेरिकाका गभर्नर मध्ये कै सर्वाधिक चर्चित र राम्रो काम गर्ने मध्येमा पर्दछन ।

उनले ३ सय ५५ मिलियन डलर समुद्री खाना उद्योग र मौसमी रोजगारदाताहरुलाई सहयोग गर्न एच-२बी भिसा(प्रवेशआज्ञा )का लागि अनुमति दिन आग्रह गरेका हुन् ।

गभर्नर होगनले होमल्याण्ड सेक्युरिटी सचिव कार्यवाहक चाड वाल्फ़ तथा श्रम सचिव यूजीन स्कालियालाई पत्र मार्फत अनुरोध गरेका छन् । होगनले दीर्घकालीन समाधानको लागि आह्वान गरेका हुन् । “यी कामदारहरू ग्रामीण मेरिल्याण्ड र विशेष गरी पूर्वी किनाराका लागि महत्त्वपूर्ण छन्,” होगनले यस्तो लेखेका छन् । उनले अधिकतम सीमा “क्याप’उठाउनुको साथसाथै, म तपाईंलाई कांग्रेस र मेरील्याण्डको कंग्रेसनल प्रतिनिधिमण्डलसँग साझेदारी गरेर अन्तमा यस मुद्दाको दीर्घकालीन समाधान खोज्न चाहन्छु।” भनि लेखेका छन् ।

सामान्य बर्षमा ५०० एच -२ बी मौसमी कामदारहरूलाई मेरील्याण्डको २० इजाजत प्राप्त गँगटा टिप्ने संसाधन (घर)हरूको लागि आवश्यक हुन्छ, गभर्नरले भने। एच-२बि प्रवेश संख्या अब राष्ट्रिय रूपमा ६६ हजार बार्षिक रुपमा अधिकतम सीमा (क्याप )गरिएको छ ।

गत वर्ष, संघीय सरकारले अतिरिक्त ३० हजार प्रवेशआज्ञा दिने अनुमति दिने निर्णय गरेको थियो । कठिनाईको अर्को वर्षले स्थायी रूपमा मेरील्याण्डको दिगो समुद्री खाना उद्योगलाई नोक्सान पुर्‍याउन सक्छ, जसले यी प्रतिष्ठित परिवार र साना व्यवसायहरूलाई बन्द वा सीमित बनाउँछ, जसले ब्यापार र रोजगारीमा विनाशकारी प्रभाव पार्छ, विशेष गरी राज्यको आर्थिक विपन्न क्षेत्रमा।” होगनले यस्तो लेखेका छ्न ।

मेरील्याण्डको निलो गँगटा टिप्ने फसल आगामी अप्रिल १ देखि शुरू हुन्छ। होगनले स्कालिया र वल्फ़लाई व्यक्तिगत रूपमा चेसापीक समुन्द्री गँगटा संसाधन गृह हेर्न समेत आमन्त्रण गरेका छन् ।

समाचार :एपी ,तस्बिर डब्लुटिओपी

प्रतिक्रिया