सोमबार, असोज ५ २०७७
काठमाडौं १५:५६
वासिङटन डिसी 06:11

सानले आयोजना गर्ने मानसिक स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रममा डा उप्रेतीको प्रस्तुति हुने

विजय थापा २०७६ माघ ८ गते २२:५५ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित दि सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस(सान)ले यस महिनामा स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रममा डिसी क्षेत्रका समाज सेवी तथा मानसिक रोग विशेषज्ञ चिकित्सक मदन उप्रेती(डा) संग समुदायले अन्तरक्रियात्मक कार्यक्रम गर्न पाउने भएका छन् ।

स्वास्थ्य सचेतना कार्यक्रम आगामी जनवरी २५ का दिन शनिबार बिहान १० बजे देखि हर्नडन माध्यमिक बिद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य सचेतना कार्यक्रममा चिकित्सक उप्रेतीले समुदायलाई आवश्यक कुराहरु बताउनुको साथै जिज्ञाशा समेत लिने छन ।

हरेक दुई महिनामा आयोजना गर्ने पूर्व सूचना गरे अनुसार गत गत नोभेम्बर ३० शनिबारका दिन ५ जना चिकित्सकहरुले स्वास्थ्य सम्बन्धि जानकारी दिनुको साथै समुदायका जिज्ञाशाहरुको उत्तर दिएका थिए ।

उक्त कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भए पछि कार्यक्रम हरेक महिना गर्नु पर्ने सुझावहरु आयोजक सानलाई दिएका थिए । पहिलो पटक समुदायको लागि केन्द्रित उक्त स्वास्थ्य सचेतना कार्यक्रममा समुदायले खुलेर आफ्ना कुराहरु राख्न पाएका थिए ।

हरेक दुई महिनाको अन्तिम शनिबारका दिन फरक स्वास्थ्य सम्बन्धि बिबिध बिषयमा कार्यक्रम गर्ने जनाए अनुसार यही आउदो जनवरी २५ शनिबारका दिन कार्यक्रम हुने र सबै समुदायलाई सहभागी हुन् समेत सान की अध्यक्ष मंजु संग्रौलाले सबैलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया